पोखरामा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा न्यूज -२८, जेठ । पोखरामा सवारी दुर्घटनमा परी एक युवाको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भइ हाल पोखरामा मजदुरी गर्दै आएका २० बर्षीय कृष्ण प्रसाद चौलागाइको मंगलबार सवारी दुर्घटनामा परी  मुत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्बीचोक देखि अम्मरसिंचोक तर्फ जादै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी वोक्ने भ्यानले सोही दिशा तर्फ जार्दै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक चौलागाइको मुत्यु भएको हो ।

आज विहान करिब ११ः४० बजेको समयमा पोखरा रंगशाला अगाडीको सडकमा भएको दुर्घटना पश्चात उपचारको लागि पोखरा हस्पिटल पुराएसंगै चिकित्सकले चौलागाइलाई मृत घोषणा गरेका थिए ।

दुर्घटना पश्चात  भाग्न खोजेका भ्यान चालक नवलपरासिका ४० बर्षीय कृष्ण सुवेदीलाई स्थानीयले समातेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चौलागाइको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान पतिष्ठानमा लगिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button