करीब ४ अर्ब लागतको खानेपानी आयोजनाको पोखरामा शिलान्यास

दीननाथ बराल , पोखरा न्यूज २८, जेठ । गण्डकी प्रदेशको राजधानि पोखरामा खानेपानी सुधार (सुदृणिकरण) गर्ने अभियान सुरु भएको छ । जापान सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी खोलाको पानी सुदृणिकरण गरी पोखरामा वितरण गर्ने अभियान सुरु गरेको हो ।

उक्त आयोजना सम्पन्न गर्न जापान सरकारले ४ अर्ब ८१ करोड ३० लाख रुपैंयाँ अनुदान दिने सम्झौता भएको नेपाल खानेपानी कार्यालय पोखराका प्रमुख इन्जिनियर निरण महर्जनले बताए । नेपाल सरकारले खानेपानी संस्थानलाई १ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेको उनले जनाए । निर्माणको कामका लागि जापानिज कम्पनी हाजमा एन्दो कर्पोरेसनले जिम्मा पाएको प्रमुख महर्जनले बताए ।

आगामी ३ बर्ष भित्र सकिने उक्त योजनाकोे खानेपानी मन्त्री बिना मगरले मंगलबार एक समारोहका बिच शिलान्यास गरिन । कार्यक्रममा बोल्दै उनले राजधानिको मेलम्चि पछिको दोश्रो ठुलो खानेपानी योजनालाई समय मै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताइन्। देशमा हाल ८८ प्रतिशत जनतामा पानीको पहुच भएको बताउदै मन्त्री मगरले २० प्रतिशत जनताले मात्र शुद्ध पिउने पानीको पहुच पुगेको जनाइन्। सन् २०३० सम्ममा सबै नेपाली जनतालाई शुद्ध खानेपानी पुर्उयाने सरकारले दीर्काघलिन लक्ष्य राखेको मन्त्री मगरले बताइन्।

नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष जिउलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, काग्रेंस कस्कीका सभापति कृष्ण केसी, संघिय समजवादीका गिरीप्रसाद गुरुङ, राप्रपाका महेन्द्र कार्की लगायतले उक्त योजना सफल पार्न कुनै बाधा अवरोध नगर्ने बताएका हुन्। कार्यक्रममा गण्डकी प्रदेशका भैतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, पोखरा महानगरपालिकाका मेयर मानबहदुर जिसी लगायतको सहभागिता रहेको थियो। मर्दीमा ग्रिड च्याम्बर र पोखरामा रिजर्भायर ट्यांकी निमार्णको काम प्रारम्भिक चरणमा सुरु गरिएको प्रमुख इन्जिनियर महर्जनले बताए । उक्त योजना काठमाण्डौंको मेलम्चि पछिको नेपाल सरकारको लगानीमा देशकै ठुलो खानेपानी योजना रहेको उनले दाबी गरे । उनले भने “यस प्रोजेक्टले पोखरामा हाल वितरण हुदै आएको १८ वटा वडाहरुमा सुद्ध खानेपानी वितरण गर्दै पहिला वितरण भएको धारा वितरणमा थप सुधार गर्ने रहेको छ, यो अभियानलाई सफल पार्न सवै पक्षको साथ र सहयोग मिलेमा हामीले निर्धारित समयमा उक्त योजना सकिने गरी काम गराउन सक्छौं ।”

उनका अनुसार पोखराका मुख्य गरी तीन ठाँउ प्रसाङग, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गरिने भएको छ । त्यसै गरी मर्दीको मुहान नजिक दैनिक ४ करोड लिटर क्षेमताका ४ वटा वालुवा हटाउन र ४ वटै पानी थिग्राउने टंकी, पुरुन्चौरमा दैनिक ४ करोड एक लाख लिटर क्षमताका पानी छान्ने फिल्टर ६ वटा, पुरुन्चौरमै ९ सय ३० घरमिटरका २ वटा सफा पानी संकलन टंकी निर्माण गरिने भएको प्रमुख इ.महर्जनले जनाए । पोखराका तीन ठाउँमा भने २०/२० लाख लिटर क्षमताका पानी टंकी निर्माण हुने भएको हो ।

खानेपानी आपूर्तिका लागि १ सय १३ किलोमिटर पाइप बिछ्याइने भएको प्रमुख इन्जिनियर महर्जनले बताए । यस आयोजनाबाट पोखरा महानगरपालिका करिब ४ लाख ५० हजार जना जनताहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । खानेपानी संस्थान अन्तर्गत पोखराका ४० हजार ५ सय घरधुरीमा खानेपानी धारा जडान भएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटरको पानीको माग भएपनि हाल साढे ५ करोड लिटर मात्रै आपूर्ति हुँदै आएको छ । पोखरामा अझै दैनिक करिब एक करोड ५० हजार लिटर पानी अभाव भएको छ ।

मर्दी खोलास्थित खानेपानी सुधारका लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २००४ मा अध्ययन गरेको थियो । २०८० देखि प्रतिबर्ष १६ करोड रुपैयाँका दरले ऋण फिर्ता गर्नुपर्ने भएको महर्जनले बताए । समय मै आयोजना सम्पन्न नभए थप आर्थिक भार खेप्नु पर्ने उनले बताए । उक्त योजना आगामी सन् २०२२ को डिसेम्बर ३१ भित्र सक्नुपर्ने छ । मर्दीमा हालको खानेपानी ड्याम नजिकै ग्रिड च्याम्बर बनाईने उनले बताए । उनका अनुसार जसले खोलाको पानी पहिलो चरणमा छान्ने काम गर्छ । पुरुञ्चौरबाट शुद्धिकरण गरिएपछि २० इन्चको पाईपबाट पोखरामा रहेका रिजर्भायर ट्यांकीमा पठाईने छ । यसकै लागि संस्थानले पुरुञ्चौरमा १ सय ३१ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

हाल पोखराको विन्ध्यावासिनीमा ४० लाख लिटर क्षमताको टंकी रहेको छ। उक्त योजना सफल भए पश्चात, राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानीको वितरण, सातै दिन २४ सै घण्टा पोखरा वडा नम्बर १ देखि १९ सम्ममा पानी आउने, पोखरा वासिको जिवीकामा सुधार ल्याउने, पानीको चुहावट नियन्त्रण गरी खानेपानी अपुर्तिमा सुधार, पाइपलाइमा पानीको चापमा सुधार गरिने अपक्षा गरिएको महर्जनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button