जेसीज सप्ताहमा सामाजिक कार्य

दीननाथ बराल, पोखरा न्यूज – २९, जेठ । पोखरा लेडी जेसीजको जेसीज सप्ताह २०१९ मा विभिन्न कार्यक्रम हुने भएको छ । यही जेठ ३१ देखि असार ५ गतेसम्म पोखरामा संचालन हुने उक्त कार्यक्रमको अवसरमा विभिन्न कार्यक्रमका साथ यस बर्षको जेसीज सप्ताह मनाइने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

सप्ताह व्यापी कार्यक्रममा विद्यार्थीहरुलाई छात्रबृत्ति देखि फरक क्षमता भएका बालबालिकालाई सामग्री वितरणसम्मका कार्यक्रमहरु हुने भएको कार्यक्रम संयोजक शोभा भुजेलले बताइन्। जेठ ३१ गते कार्यक्रमको उद्घाटन सहित प्रतिवेदन तथा प्रस्तावना लेखन तालिम गायत्री फँयालको संयोजकत्वमा हुने भएको छ । जेठ ३२ गते पोखरा महानगरपाकिला वडा नम्बर २४ कास्कीकोटको बसन्त माविमा बृहत निःशुल्क स्वास्थ्य शिविर अनिता थापाको संयोजकत्वमा हुने भएको छ । प्रसंशनीय प्रसंशनीय

असार एक गते तेश्रो दिनमा प्रसंशनीय खोज तालिम सुनिता भण्डारीको संयोजकत्वमा, असार २ गते शोभा घर्तीको संयोजकत्वमा आरोग्य आश्रम टुटुङगामा खाद्यन्न सामाग्रि वितरण, असार ३ गते सुनिता भुजेलको संयोजकत्वमा पोखरा ३३ मा रहेको सरस्वती टिका माविका फरक क्षमता भएका बालबालिकालाई आवश्यक सामाग्रि वितरण गरिने भएको छ ।

त्यसै गरी असार ४ गते स्वयमको व्यबस्थापन तथा नेतृत्व तालिम लक्ष्मी पाण्डेको संयोजकत्वमा हुने भएको छ भने असार ५ गते पोखरा ९ मा रहेको नवप्रभात माविका कक्षा ६ देखि ८ सम्मका केही विद्यार्थीलाई छात्रबृत्ति वितरण सहितको सप्ताह कार्यक्रम समापन हुने भएको छ । उक्त कार्यक्रमको संयोजकमा सुमित्रा कोइराला रहेकी छन्। समाज रुपान्तरण गर्दै युवा नेतृत्वमा विकास गराउदै आएको पोखरा लेडी जेसिजले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको पोखरा लेडी जेसिजका अध्यक्ष सपना गिरीले बताइन्।

उक्त कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख २० हजार खर्च लाग्ने भएको सचिव लक्ष्मी अधिकारीले बताइन्। सकरात्मक सोच युवाको जोश र जागरलाई मुल मन्त्र मान्दै विधिको शासन विश्व बन्दुत्वको भावनालाई आत्मसाथ गर्दे असल नागरिक बन्ने र बनाउने क्रममा जेसीज अभियानमा आफुहरु गोलबद्ध हुदै आएको सचिव अधिकारीले बताइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button