पोखरामा ९ सय थान लागू औषधसहित एक महिला पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – २९, जेठ ।  पोखरामा लागू औषध सहित एक महिला पक्राउ परेकी छन् ।

पोखरा-९ घर भई हाल पोखरा १० बुद्धचोक बस्दै आएकी ३८ बर्षीया देबी कुमारी गुप्तालाई प्रहरीले लागुऔषध सहित पोखरा १० अंमरसिह चौरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गुप्ताको साथबाट ९०० थान लागू औषध बरामद गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।  बुधबार दिउँसो करिब ३ः३० बजे गुप्ताले लिएको जेब्रा झोला तलासी गर्दा उक्त झोला भित्रबाट डाईजापाम ३०० थान ,फेनेरागन ३०० थान र नर्फिन ३०० थान बरामद गरिएको उनले जनाए । उनका श्रीमान उदय कुमार गुप्ता लागू औषध मुद्धामा कास्की कारागार रहेको प्रहरीले जनाएको छ ।

उदयले कारागारबाट फोन गरी लागू औषध लिएर आउने व्यक्तिसंग सामान बुझी अन्यत्र पुर्याउनी भनेपछी उनकी श्रीमती गुप्ताले अंमरसिह चौरमा गएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ । पोखरामा ठुलो परिणाममा लागुऔषधको कारोवार हुने गरेको स्थानियले बताउदै आएका छन्।

यसै गरि पोखरामै आज १५ सय थान लागूऔषधसहित उत्तम चोकबाट ३० बर्षीय गोविन्द थापालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबारी थापाले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडा भन्दा तल खुट्टामा गोली चलाएको थियो । हाल थापाको  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button