विषादी र रसायनमुक्त कृषि उत्पादन अभियानमा पोखरा २२ का बराल

दीननाथ बराल, पोखरा न्यूज – ३०, जेठ l पोखराका एक अगुवा कृषक देविलाल बराल विषादी र रासायनिक मल प्रयोगका विरुद्ध प्राङ्गगारिक खेती गर्न अग्रसर छन्। पोखरा २२ स्थित पोखरा भ्यु प्वाइन्टमा करिब ८ रोपनी जग्गामा फलफुल तरकारी लगाएका उनी विषादी रहित कृषि उत्पादन गर्नुपर्दछ भनेर दिनरात खटिएका छन् । विषादी युक्त कृषि उत्पादनले उपभोक्ता र कृषक दुबैलाई हानि पुर्याउछ भन्दै उनले किसानलाई विषादी रहित कृषि उत्पादन गर्न प्रेरित समेत गर्दै आएका छन्।

विगत दुई दशक देखि फलफुल तरकारी खेति गर्दै आएका बरालले जग्गा जमिनमा जथभावी रुपमा रासायनिक मल तथा कृषि उत्पादनमा बिषादीको प्रयोगले गर्दा माटो बिग्रिने र उत्पादित बस्तुले मानब स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भन्दै अर्गानिक खेति तर्फ सक्रिय रुपले लागेका हुन् । विगत तीन बर्ष देखि यस अयिभानमा  जुटेका बरालले अवको एक बर्षमा आफ्नो बारीमा उत्पादन हुने सबै जसो फलफुल तरकारी पूर्ण अर्गानिक बनाउने लक्ष्य राखेको बताउछन।

बिषादीको प्रयोगलाई पहिलो वर्षबाटै विस्थापन गरेका बरालले रासायनिक मलको प्रयोगलाई ४ बर्षमा शून्यमा झार्ने तवरले काम गरिरहेका छन्। हरेक बर्ष प्राङगारिक मलको प्रयोग बढी र रसानिक मलको प्रयोग घट्दो क्रममा प्रयोग गरी बिषादीलाई न्यूनिकण गर्दै गएको अगुवा कृषक बरालले बताए । कृषि उत्पादनको क्रममा बिषादी तथा रसायनको प्रयोगले कृषकको आफ्नै स्वास्थमा गम्भीर असर पर्ने र उत्पादित बस्तुको सेवन गर्ने उपभोक्ताको स्वास्थमा समेत गम्भीर असर पर्ने भन्दै उनले कृषकलाई शिक्षित गर्दै आएका छन् । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) समाज  पद्धती अपनाउदै  उनले आफ्ना गाउँ ठाउँका मात्र नभई अन्य ठाउँबाट समेत आगन्तुकहरुलाई अर्गानिक फलफुल तरकारी उत्पादन र आइपिएमको बारेमा परामर्श दिदै आएका छन्। उनले आफ्नो घरजग्गामै आइपिएम सिकाइ केन्द्र स्थापना गरेर एकीकृत शत्रुजीव व्यवस्थापनको बारेमा जानकारी गराउदै  पूर्ण अर्गानिक उत्पादन गर्नको लागि कृषकलाई प्रेरित गर्ने गरेका छन् ।

करिब साँढे दुई दशक भन्दा बढी समय शिक्षा क्षेत्रमा समर्पित भएका उनले हाल शैक्षिक अवकास लियर पनि आफ्नो बाँकी जिवनमा समाजमा केही गरौं भन्ने उद्धेश्यले अर्गानिक फलफुल तरकारी उत्पादन गर्न लागेका हुन् । कृषि क्षेत्रमा केही राम्रो काम गरेको हुनाले उनले यस बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुदानबाट स्थाई प्लास्टिक घर निर्माणको लागि करिब एक लाख अनुदान पाएका छन्।

उनले हाल निर्माण गर्न लागेको स्थाई प्लास्टिक घर १२ मिटर लम्वाइ र ६ मिटर चौडाइको हुने भएको छ भने उक्त प्लास्टिक घरमा विभिन्न जातका मौसम अनुसारका फलफुल तरकारी उत्पादन हुने उनले जनाए ।  प्लास्टिक घरमा उत्पादन हुने फलफुल तरकारी अन्य ठाउँमा उत्पादन भएको भन्दा बढी उत्पादन हुने र बादर देखि असिनापानी तथा हावाहुरीबाट बचाउन सकिने जनाए । कृषिवालीमा उनकी श्रीमती रमादेबि बरालले समेत साथ दिदै आएकी छन्।

उनको बारीमा हाल काक्रो, घिरौला, भेण्डी, खुर्सानी, बोडी, फर्सि लगायतका फलफुल तरकारी उत्पादन भएको छ भने उनले  भैसी समेत पालन गरेका छन्। उनले व्यवसायीक रुपमा फलफुल तरकारी खेतीमा हात हाल्नु भन्दा पहिला उक्त जग्गा टारी खेलको रुपमा धान रोप्ने गरिथ्यो । अहिले तरकारी फलफुल उत्पादनमा  बादरको समस्याले आफुहरु पिडित हुने गरेको उनले गुनासो गरे ।

हेर्दा रातो हुने माटोलाई विभिन्न अन्नवाली एवं फलफुल तरकारी उत्पादन गर्दै जाने क्रममा हाल उनको बारीको माटो नरम र मुलायम भएको उनी बताउ छन्। फलफुल तरकारी खेतिबाट उनले बार्षिक करिब ६ लाख रुपैया बचत  गर्न सफल भएका छन् । बिहान उठेदेखि वेलुका साँझसम्म आफ्नो खेतवारीमा विभिन्न जातका अन्नवाली तथा फलफुल तरकारी उत्पादनमै उनको दिन चर्या वित्ने गरेको छ । आधुनिक युगलाई समेत आत्मसाथ गर्दै प्रविधिलाई प्रयोग गरेका उनले हाते ट्याक्टर,थोपा सिंचाइ, मल्चिङ्ग लगायतको प्रयोग गरेका छन्।

विषादी प्रयोगका विरुद्ध प्राङ्गगारिक खेती गर्नका लागि किसानहरुलाई उत्प्रेरित गर्दै  बराल  पुम्दी भुम्दीकै नमुना कृषकको रुपमा पहिचान हुदै अघि बढेकाछन्। उनले भने “ पहिले असावधानीबस् रसायन र बिषादी प्रयोग गरेपनि अब हाम्रा सम्पूर्ण व्यवसायिक कृषकहरु अर्गानिक बस्तु उत्पादनमा लाग्नुको विकल्प छैन्, यसलेनै  हाम्रो मानव स्वास्थ्य र  वातावरणलाई फाइदा पुग्छ । ” उपभोक्ता र आफुसंगै आफ्ना सन्ततिको  स्वास्थ्यलाई ख्याल गर्दै  उनले अर्गानिक उत्पादनमा लाग्न सबैमा आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button