जेसिबीको ठक्करबाट ३ को मृत्यु, ५ जना घाइते

पोखरा न्यूज – ३१, जेठ l कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुननसकेको जानकारी दिए । उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताए ।

दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button