पोखरामा १ हजार ९ सय थान लागुऔषध सहित एक युवा पक्राउ

दीननाथ बराल, पोखरा न्यूज -३१ ,जेठ ।  प्रहरी प्रमुखको रुपमा हालसालै कास्की जिल्लाको जिम्मेवारी सम्हालेका एसपी दानबहादुर कार्कीले पोखरामा हुनेगरेको लागुऔषध कारोबार नियन्त्रमा लगातार ३ सफलता हासिल गरेका छन्।

दुई दिन अघि बुधबार एकै दिनमा ठुलो परिमाणमा लागुऔषध सहित कारोबारी दुई जनालाई पक्राउ गर्न  सफल भएको कास्की प्रहरीले  आज शुक्रबार पुन: पोखरामा ठुलो परिणाममा लागुऔषध सहित एक जना पक्राउ गरेको छ । एसपी कार्की लागुऔषध नियन्त्रणमा खरो उत्रिदै गर्दा तिन दिनमा  तीन ठुलो सफलता उनले हासिल गरेका छन् ।

शुक्रबार पोखरा १० पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा भाडामा बस्दै आएका डेविड तामाङलाई ठुलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले  पक्राउ गरेको छ  ।  ठुलो परिणाममा लागुऔषधको कारोवार भैरहेको आशंकामा कास्की प्रहरीले खोजतलासी गर्दा शुक्रबार सिन्धुपाल्चोक चौतारा गाँउपालिकाका १८ बर्षीय तामाङलाई पोखराको  कोठाबाट १ हजार ९ सय २ थान लागुऔषध सहित पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

तामाङको  साथबाट डाइजापाम, नर्फिन र फेनारगन गरी १ हजार ४ सय ६४ थान, नाइट्रोसन १ सय चक्की र एनसेडील ३ सय ३८ वोत्तल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए । विगत ४/५ महिना देखि पोखरा बसेर  लागुऔषध कारोबारमा सक्रिय रहेका तामाङलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उनले जनाए ।

कास्की प्रहरीले जेठ २९ गते पोखरा उत्तम चोकमा लागुऔषध कारोबारि गोविन्द थापा सहित १५ सय थान लागुऔषध बरामद गरेको थियो भने बुधबार नै  पोखरा अमरसिंहचोकबाट ३८ बर्षीया देवि कुमारी गुप्ताको साथबाट ९ सय थान लागुऔषध बरामद गरेको थियो । बुधवार थापाले प्रहरी माथि नै जाइलागे पछि प्रहरीले गोली प्रहार गर्यो । थापाको खुट्टामा चोट लागेको छ ।

कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले पोखरामा लागुऔषधको ठुलो कारोवार हुने गरेको बताएका छन । उनले भने “ पोखरा एक अन्तराष्ट्रिय शहरको रुपमा विकसित हुदै छ, हामीले यहाँको भौतिकबादमा ध्यान दियौं तर हाम्रा छोरा छोरी एवं युवा पुस्ताको बारेमा सोच विचार गर्न सकेका छैनौं, यसलाई हामी सवै अभिभावक छर छिमेक सर्वैले पोखरामा हुने गरेको लागुऔषधलाई नियन्त्रण गर्नु पर्छ ।”

लागु औषध नियन्त्रण गर्न सवैलाई आग्रह गरेका एस.पी. कार्कीले लागुऔषध कारोवार हुने कुनै पनि शकांस्पद ठाउँमा भएको बिषयमा आफुहरुलाई गोप्य सुचना दिन समेत उनले आग्रह गरेकाछन्। घर र समाजबाट लागुऔषध निर्मुल पार्न समाजमा जागरण अयिभान आवश्यक भएको उनको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button