पर्बतमा आगलागीबाट बन्द भएको रेडियो संचालन गर्न अमेरीकाबाट ३ लाख सहयोग

पोखरा न्यूज – ३२, जेठ l पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा हालै आगालागी भएपछि रेडियो बन्द रहेकोले उक्त रेडियो संचालनको लागि अमेरीकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल अमेरीकामा रहेका ई.भिष्म अधिकारीले रेडियो संचालनको लागि ३ लाख रुपैया सहयोग गरेका हुन् ।

उक्त सहयोग बराबरको चेक नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारण सभाको अवसरमा शनिबार रेडियोका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, स्टेशन म्यानेजर शंकर शर्मा र महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल लगायतले हस्तान्तरण गरेका हुन्।

तस्बिर: दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button