फरार लागुऔषध कारोवारी वाङदोर्जे पोखराबाटै पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – ३२, जेठ । पोखरामा शुक्रबार ठुलो परिमाणमा लागुऔषध सहित एक जना पक्राउ परेतापनि त्यसका मुख्य कारोवारी भने आज (शनिबार) पक्राउ परेका छन्।

शुक्रबार पोखरा १० पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा भाडामा बस्दै आएका डेविड तामाङलाई ठुलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले पक्राउ गरेको थियो ।  लागुऔषधको कारोवार भैरहेको आशंकामा कास्की प्रहरीले खोजतलासी गर्दा शुक्रबार सिन्धुपाल्चोक चौतारा गाँउपालिकाका १८ बर्षीय तामाङलाई पोखराको एक कोठाबाट १ हजार ९ सय २ थान लागुऔषध सहित पक्राउ गरेतापनि मुख्य कारोवारी वाङदोर्जे तामाङ भने फरार रहेका थिए ।

फरार रहेका सिन्धुपाल्चोक मार्मीका २५ बर्षीय लागुऔषध कारोबारी वाङदोर्जे तामाङलाई पोखरा -१७ छोरेपाटनबाट आइतबार पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । प्रहरी अनुसन्धानको क्रममा वाङदोर्जेकै  मुख्य योजनामा  लागुऔषधको कारोवार भएको पाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले हिजो पक्राउ परेका डेविड तामाङको साथबाट डाइजापाम, नर्फिन र फेनारगन गरी १ हजार ४ सय ६४ थान, नाइट्रोसन १ सय चक्की र एनसेडील ३ सय ३८ वोत्तल बरामद गरेको थियो  ।

विगत ४/५ महिना देखि पोखरा बसेर लागुऔषध कारोबारमा सक्रिय रहेका उनीहरुलाई  नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ  ।

यो पनि पढ्नुहोस् :

पोखरामा १ हजार ९ सय थान लागुऔषध सहित एक युवा पक्राउ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button