पोखरामा खेल संरचना निर्माणका लागी २० करोड ५० लाख बजेट विनियोजन !

दीननाथ बराल, पोखरा न्यूज – ३२, जेठ l आर्थिक बर्ष २०७६/०७७ मा पोखरामा हुने ९ औं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का केही खेलको भौतिक पूर्वाधार निर्माणको लागि केन्द्र सरकारबाट २० करोड ५० लाख भन्दा बढी रकम विनियोजन भएको छ ।

संघ सरकारले हालै ल्याएको बजेट तथा कार्यक्रममा पोखरा क्षेत्रमा खेलकुदको भौतिक पूर्वाधारका ११ वटा परियोजनामा उक्त बजेट विनियोजन गरेको हो । न्यूनतम ५० लाख देखि  ५ करोडसम्मका विभिन्न खेलकुद पूर्वाधार निर्माणका योजना समेटिएका हुन्। आफुहरुले माग गरे भन्दा धेरै कम रकम विनियोजन भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनले भने “ हामीले आर्थिक बर्ष २०७६/०७७ मा सागका केही खेल र नवौं राष्ट्रिय खेलकुद पोखरामा गर्नको लागि पनि यहाँ धेरै खेलकुदका पूर्वाधार निर्माणको लागि ठुलो बजेटको आवश्यक पर्छ , केन्द्र सरकारले पहिलो चरणमा छुट्टाएको बजेटले केही खेल पूर्वाधार निर्माणको लागि सहयोग पुग्छ । ”

पोखराको बहुउद्धेश्यीय कवर्डहलको इन्टरनल फिनिसिङ, कुर्सी, साउण्ड सिस्टम, ल्याण्ड स्केप निर्माण गर्न ५ करोड विनियोजन भएको छ । त्यसै गरी पोखरा रंगशाला निर्माणमा ५ करोड, ह्याण्डबल एकेडेमी निर्माणमा ५० लाख, पोखरा क्रिकेट स्टेडियम निर्माणमा ३ करोड, पोखरा व्याडमिन्टन कभर्ड हल निर्माणमा ५० लाख, पोखरा लामाचौरको गोष्तेघाटा हालै निर्माण भएको फुटबल प्रशिक्षण मैदानमा भिआइपि प्यारापिट र चेन्जीङ रुम निर्माकणाको लागि १ करोड बजेट विनियोजन भएको अध्यक्ष श्रेष्ठले जनाए ।

त्यस्तै साग प्रशिक्षण केन्द्रको रुपमा विकसित गर्न लङ टेनिस कोर्ट निर्माणमा १ करोड, साग प्रशिक्षण केन्द्रको रुपमा विकसित गर्न पोखरा-२५ हेम्जाको गौरीशंकर खेल मैदान निर्माणको लागि १ करोड , पोखरा-२३ बाम्दीमा भलिबल खेल मैदान निर्माणको ५० लाख रुपैया विनियोजन भएको छ भने पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि पूर्वाधार निर्मााणमा ३ करोड विनियोजन भएको छ ।

पोखरा रंगशालामा सुटिङ हल निर्माण गर्नको लागि ५० लाख र पोखरा रंगशालामा पौडी पोखरी निर्माणको लागि २ करोड ५० लाख विनियोजन भएको हो । पोखरामा चालु आर्थिक बर्ष २०७५/०७६ मा टेण्डर भई १ अर्ब २८ करोड २२ लाखको लागतमा पोखरामा अत्याधुनिक प्रविधिको फुटबल रंगशाला निर्माण कार्य हाल जारी रहेको छ । १८ हजार ५ सयको दर्शक क्षमताको प्यारापिट सहितको फुटबल रंगशाला निर्माण सुस्त गतिमा भएको छ ।

चालु आवको असार मसान्त भित्र उक्त परियोजना नसकिने लगभग पक्का भएको देखिन्छ । हालै निर्माण भएको पोखराको बहु उद्देश्यीय कवर्डहल करिब १४ करोडको लागतमा निर्माण भएको हो । जसको दर्शक क्षेमता दुई हजार भन्दा माथि रहेको छ । यो कवर्ड हल देशकै सbai भन्दा ठुलो कवर्ड हल हो । पोखरा रंगशालामा विभिन्न निजी तथा सरकारी तवरबाट समग्रतामा खेलकुदको पूर्वाधारहरुको करिब १ अर्ब ८० करोड भन्दा बढी लगानी हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button