स्याङ्जाका मिर्गाैलापीडित गुरुङलाई २४ लाख सहयोग

पोखरा न्यूज – ०१, असार l दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइ रहेका स्याङ्जा वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गुरुङको उपचारमा सहयोग पुर्उयाने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन समिति निर्माण गरेर क्याम्पसले चलाएको अभियानमा सङ्कलित रकम रु २४ लाख ७४ हजार ९२७ प्राध्यापक खुमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । सङ्कलित रकम रीना राना र टिकराज गुरुङले हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले गुरुङको उपचारका लागि सहयोग गर्नुहुने प्राध्यापक, विद्यार्थी, समाजसेवी सबैलाई धन्यवाद दिँदै क्याम्पसको तर्फबाट पनि समितिको बैठक बसेर सहयोग गर्ने बताउँदै गुरुङको स्वास्थ्यलाभको कामनासमेत गरे ।

गुरुङ थप उपचारका लागि भारत जाने तयारीमा रहेका बेला सहयोग रकम हस्तान्तरण गरिएको हो । उनको उपचारका लागि सहयोग रकम सङ्कलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारकर्मी टिकराज गुरुङलाई क्याम्पसले सम्मान गरेको छ । मिर्गौलापीडित प्राध्यापक खुमबहादुर गुरुङको उपचारको सहयोगका लागि टिकराज गुरुङले देशविदेशमा रहेकाहरुबाट रु १३ लाख ५३ हजार ६०८ सङ्कलन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button