गण्डकी प्रदेशका निर्वाचित प्रति सांसदलाई २/२ करोड बजेट

दीननाथ बराल,  पोखरा न्यूज – १, असार । गण्डकी प्रदेशले आगामी बर्षको लागि  निर्वाचन क्षेत्र विकास कोषमा बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी बर्ष देखि निर्वाचन क्षेत्र विकास कोषमा ७२ करोड बजेट विनियोजन गरेको बताए ।

गण्डकी प्रदेशमा प्रत्यक्ष तर्फ ३६ जना सांसदहरु रहेका छन। समानुपातिक सहित प्रदेशमा ६० जना सांसद रहेका छन्। देशका अधिकाशं प्रदेशले निर्वाचन क्षेत्र विकास कोषमा बजेट विनियोजन गरेका थिए भने गण्डकी प्रदेशले आगामी बर्ष देखि लागु गर्ने भएको हो ।

यस बिषयमा नेकपाका सांसद रामजी बराल जिवनले आफुले निर्वाचन क्षेत्र विकास कोषमा बजेट विनियोजन गर्न नहुने कुरा उठाउदै आएको अबस्थामा उक्त कार्यक्रम आएकोमा व्यक्तिगत रुपमा आफु खुसि नभएको जनाए । आफ्नो नाममा आएको उक्त रकम जनताको हितको लागि भएकोले त्यसलाई भने सहि ढंगले खर्च गर्ने उनले जनाए ।

नेपाली कागेंसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचन क्षेत्र विकास कोषमा प्रति सांसद कम्तिमा ३ करोड माग गरे पनि हाल २ करोडबाट सुरुवात भएकोमा खुसि व्यक्त गर्दै उक्त रकम सहि ढंगले जनताका आवश्यकताका आधारमा सवैसंग छलफल गरेर खर्च गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button