गण्डकी प्रदेशमा खानेपानीको लागि २ अर्ब २० करोड विनियोजन

दीननाथ बराल, पोखरा न्यूज –  १, असार । आर्थिक वर्ष २०७६/०७७ मा खानेपानीको लागि गण्डकी प्रदेशमा २ अर्ब २० करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशका सवै जनताको लागि खानेपानीको लागि उक्त बजेट विनियोजन गरेको बताएका हुन्।

आधारभुत खानेपानी नपुगेको गाउँबस्तीमा खानेपानी पु¥याउने कार्यक्रमलाई निरन्तरता दिन एक बर्ष भित्र एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी ढंगले लागु गर्न प्रदेश सरकार लागेको छ । हालसम्म पनि नदी, खोला तथा ताल जस्ता परम्परागत पानीका स्रोतबाट सिधै खानेपानी प्रयोग गरिरहेका स्थानहरूको पहिचान गरी त्यस्ता बस्तीहरूमा यसै आर्थिक वर्षमा खानेपानी सुविधा पुर्‍याउन आवश्यक बजेटको प्रबन्ध गरेको मन्त्रीले जनाए ।

त्यसै गरी प्रदेशभित्रको खेतीयोग्य जमीनमा बर्षैभरी सिंचाई सुबिधा पुर्‍याउने उद्देश्यले चालु आर्थिक वर्षका क्रमागत सिंचाई आयोजना सम्पन्न गर्न प्राथमिकता दिई बजेटको व्यवस्था मिलाएको मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । त्यसै गरी सिंचाईतर्फ क्रमागत १ सय १४ र आगामी आर्थिक वर्षका लागि नयाँ छनौट गरिएका १ सय ३० गरी जम्मा २ सय ४४ सतह सिंचाई योजना र ४० भूमिगत जलसिंचाई योजना, भूमिगत ट्युबवेल, पम्प खरिद र सञ्‍चालन घर (अपरेसन रूम) निर्माणका लागि जम्मा २ अरब ९ करोड विनियोजन गरिएको छ ।

सतह सिंचाई र भूमिगत सिंचाइको सम्भावना नभएका नदी तथा खोला किनारका टार, बेसीमा बिद्युत तथा सौर्य उर्जामा आधारित लिफ्ट सिंचाई योजना तथा नदी किनारबाट २० मीटरसम्मको उचाईमा रहेका स्थानमा सिंचाई गर्न नयाँ सिंचाई प्रविधि बर्षा पम्प सञ्‍चालन गर्ने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ । प्रदेश भित्रका मुख्य नदी प्रणालीको व्यवस्थापन गर्न गुरू योजना तयार गरी एकीकृत नदी नियन्त्रण कार्यक्रम सञ्‍चालन गर्न ३९ करोड विनियोजन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button