गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउन ५७ करोड बजेट !

दीननाथ बराल, पोखरा न्यूज – १, असार । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश बनाउन र बिद्युत लाइन बिस्तार गर्न करिब ५७ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम सदनमा प्रस्तुत गर्र्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उज्यालो प्रदेशको लागि ६ करोड र बिद्युत बिस्तारको लागि ५१ करोड सहित ५७ करोड विनियोजन गरेको जनाएकाछन्।

पेट्रोलियम पदार्थको प्रयोगलाई प्रतिस्थापन गर्न जलविद्युत तथा बैकल्पिक ऊर्जाको उत्पादन र उपभोग बढाउन जोड दिदै प्रदेशले उज्यालो प्रदेश बनाउने सरकारको प्रतिवद्धतालाई पूरा गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सह९लगानीमा ऊर्जाको उत्पादन, वितरण र व्यवस्थापनमा जोड दिएको मन्त्री गुरुङले जनाए ।

गण्डकी प्रदेश उज्यालो प्रदेश घोषणालाई साकार पार्न आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रशारण लाइन तत्काल पुर्‍याउन नसकिने तथा हालसम्म बत्ती बाल्न आधुनिक उर्जाको पहुँच नपुगेका मनाङ, मुस्ताङ, म्याग्दी, गोर्खा र लम्जुङका करिव १५ सय घरधुरीलाई सहुलियत दरमा र प्रदेश सरकारका ४ वटा मन्त्रालयमा नेट मिटरिगमा आधारित सौर्य ऊर्जा प्रबिधि जडान गर्न ६ करोड विनियोजन गरेको उनले जनाए ।

विद्युतको सुबिधा नपुगेका नवलपुर, गोर्खा, बाग्लुङ, म्याग्दी, मुस्ताङ, मनाङ र कास्की जिल्लाका ३२ वटा स्थानीय तहमा नेपाल विद्युत प्राधिकरण मार्फत सञ्‍चालन हुने गरी विद्युत बिस्तार कार्यक्रमलाई निरन्तरता दिन ५१ करोड विनियोजन गरेको मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

स्थानीय तहसँगको साझेदारी र सहकार्यमा जीर्ण विद्युतका काठे पोललाई पाँच बर्षभित्र प्रतिस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै आगामी आर्थिक वर्ष १५ हजार काठे पोल प्रतिस्थापन गर्न बजेट व्यवस्था गरेको उनले जनाए ।

निर्माण सम्पन्न भई सञ्‍चालनमा आएका ३० वटा लघु तथा साना जल विद्युत आयोजनालाई मर्मत सम्भार गर्न ३ करोड ५० लाख विनियोजन गरिएको बजेटमाल उल्लेख छ । प्रदेशभित्र सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक ऊर्जाको सम्भाव्यता अध्ययनको लागि समेत बजेटको व्यवस्था गरेको मन्त्री गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button