गण्डकी प्रदेशमा सवारी कर ५ प्रतिशत बृद्धि, पर्यटन शुल्क पनि लिने तयारी !

दीननाथ बराल, पोखरा न्यूज – ०२, असार l गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्वको श्रोतलाई मजबुत तथा फराकिलो बनाउने रणनीति अन्तर्गत सवारी करमा बृद्धि र पर्यटन शुल्क लिने तयारी गरेको छ । प्रदेश सरकारले विभिन्न बस्तु तथा सेवामा साविककै करलाई निरन्तरता दिए पनि यातायात करमा भने ५ प्रतिशत बृद्धि गरेको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै गण्डकी प्रदेशमा संचालन हुने करिब ७५ प्रतिशत सवारी साधनहरु अन्य अञ्चलबाट दर्ता भई संचालन हुने भएकोले गण्डकीबाटै संचालन गर्न बिशेष छुटको व्यबस्था गरेको बताए ।

उनले भने “२०७६ चैत्र मसान्तसम्म अन्य प्रदेशमा दर्ता भई सवारी सञ्चालन गरेका सवारी धनीले यस प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता स्थानान्तरण (अन्चलीकरण) गर्न आएमा लाग्ने दर्ता शुल्क तथा सवारी करमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ।” भन्सार बिन्दुबाट आयात गर्दाकै बखत प्रदेशस्थित यातायात कार्यालयमा दर्ता हुन आएका सवारी धनीलाई समेत लाग्ने सवारी कर तथा दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको मन्त्री गुरुङले बताए ।

उनले भने “प्रदेशको घाटा बजेटलाई समेत समेट्न हामीले ५ अर्ब आन्तरिक राजश्वबाट पुर्ति गर्न सक्छौं, जस्तो हाम्रो अधिकार क्षेत्र भित्र यातायात पर्छ जसबाट सबै भन्दा धेरै राजश्व संकलन हुने हामीले अपेक्षा गरेकाछौं । ” पर्यटन शुल्क पनि स्थानिय, केन्द्र हुदै प्रदेशले उठाउन सकिने बताउदै मन्त्री गुरुङ पर्यटकीय केही गन्तव्यहरुमा अब पर्यटन शुल्क लाग्ने तयारी गरिएको खुलासा गरे ।

उनले भने “पर्यटन शुल्क पनि हाम्रो आन्तरिक राजश्व संकलनको दोश्रो ठुलो श्रोत हुन सक्छ।” पर्यटन प्रवर्धन गर्ने भन्दै बजेट विनियोजन गर्ने तर त्यसबाट राज्यलाई कुनै आम्दानी नभए त्यो दिगो नहुने बताउदै मन्त्री गुरुङले केही विशेष पर्यटकीय गन्तव्यहरुमा पर्यटन शुल्क लिनु पर्ने पनि बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button