बझाङमा जीप दुर्घटना हुँदा ९ को मृत्यु, ४ जना घाइते

पोखरा न्यूज – ०२, असार l बझाङको सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने  चार जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए । अहिलेसम्म नौ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनामा मृत्यु भएकाको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्वारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button