कर्णाली नदिमा जीप खस्यो, ८ जना बेपत्ता भएको आशङ्का

पोखरा न्यूज – ०३, असार l खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंको महेन्द्र पिकअप जीप कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित आठ जना बेपत्ता भएको आशङ्का गरिएको छ ।

याक्चु प्रहरीलाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले आज अपराह्न १ बजे गाडी दुर्घटना भएको बताए । दुर्घटना क्षेत्रमा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ । गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खोजीमा परिचालन गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिए ।

गाडी कर्णाली नदीले पूरै छोपेकाले कुन ठाउँमा गाडी छ भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आजै भएको गाडी दुर्घटनामा चन्द्र हमाल, गाडी चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह रहेको घटनास्थलमा खटिएका पत्रकार राजन रावतले जानकारी दिए। कर्णालीमा खसेको गाडीको खोजी भए तापनि नदीको भेल बढी भएका कारण पत्ता लगाउन समस्या देखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button