तनहुँका कृषकलाई बोयर बोका वितरण

पोखरा न्यूज – ०३, असार l कृषकलाई बोका वितरण भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ ।

व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पुर्याउने उद्देश्यले बोयर क्रस जातको नौ बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सहकारी र समूहलाई एक/एक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका वितरण गरिएको छ ।

उनका अनुसार बोका वितरणका लागि कार्यालयले सूचना प्रकाशित गरेको थियो । “अनुदानमा बोका वितरणका लागि प्रस्ताव आह्वान गरेका थियौं, प्रस्ताव हाल्ने कृषकलाई बोका वितरण गरेका हौँ”, श्रेष्ठले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button