पोखरामा हुने राष्ट्रिय विच भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा न्यूज – ०४, असार l जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा हुने पुरुष तथा महिला राष्ट्रिय विच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही असार ५ देखि ७ गतेसम्म फेवाताल किनारमा रहेको विच भलिबल कोर्टमा विच भलिबलको छैटौँ महिला तथा सातौँ राष्ट्रिय प्रतियोगिता हुँदैछ ।

बालुवा थपेर मैदानको स्तरोन्नति गरी सहजरूपमा खेल्न मिल्ने बनाइएको तथा खेलाडीहरु पोखरा आउने क्रम शुरु भएको सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक/एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई/दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने पराजुलीले जानकारी दिए ।

विजेता महिला तथा पुरुष टोलीले समान नगद रु ३०/३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले रु. २०/२० हजार तथा तेस्रो हुने टोलीले रु. १०/१० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद रु ३/३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न रु. २२ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button