ए-क्यापले कास्कीको मर्दी हिमाल रुटका ११ होटल तथा रेष्टुरेण्ट बन्द गराइ जफत गर्ने !

दीननाथ बराल, पोखरा न्यूज – ०४, असार l अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) पोखराले कास्कीको मर्दी हिमालको पदमार्गमा पर्ने ११ वटा होटल तथा रेष्टुरेण्टहरु बन्द गर्ने चेतावनी दिएको छ । सार्वजनिक क्षेत्रमा विना अनुमति संचालन भएका ११ वटा होटल तथा रेष्टुरेण्ट बन्द गराउने ए–क्यापले चेतावनी दिएको हो ।

मर्दी हिमालको रुटमा अवैधानिक रुपमा संचालन गरेका खिम बहादुर तामाङ, अमृत तामाङ, यामबहादुर तामाङ, सुक बहादुर तामाङ, धनबहादुर तामाङ, यामबहादुर तामाङ, शिवलाल गौतम, रोशन गुरुङ, देविलाल भण्डारी, सुदिप ढुंगाना र हरिबहादुर क्षेत्रीको होटल तथा रेष्टुरेण्ट बन्दा गराउने ए–क्यापले फैसला गरेको छ । उनीहरुका होटल तथा रेष्टुरेण्ट ए-क्यापले बन्द गराइ जफत गर्ने भएको छ ।

पटक-पटक सार्वजनिक जग्गामा होटल तथा रेष्टुरेण्ट नवनाउन आग्रह गर्दा अटेर गरी निर्माण गरेका ११ जनालाई कारवाही हुने गरी कार्यालयबाट फैसला भएको सम्पर्क अधिकृत ऋषिराम ढकालले बताए । उनले भने “ सार्वजनिक स्थलमा जो कसैले भौतिक संरचना निर्माण गर्न पाइदैन, ए-क्यापकोे क्षेत्र अधिकार भित्र पर्ने मर्दि हिमालको पदमार्गमा जथाभावी रुपमा वनेका कुनै पनि संरचना अब हामीले जफत गछौं । ”

ए-क्याप पोखराका प्रमुख राजकुमार गुरुङले मर्दी हिमालको पदमार्गमा हाल ९ वटा होटल तथा रेष्टुरेण्टहरुले मात्र ए–क्यापसंग अनुमति लियर संचालन गरेको अन्यथा सबै अवैध रुपमा संचालन भएको बताए । हाल कारवाहीमा परेका होटल तथा रेष्टुरेण्टहरु तत्काल हटाइ पहिला कै अवस्थामा सार्वजनिक जग्गा कायम हुनुपर्ने उनले बताए । पटक-पटक मौखिक तथा पत्र सहित सार्वजनिक जग्गामा कुनै संरचना नवनाउन आग्रह गर्दा गर्दै अटेर गरी निर्माण गरेकोले त्यसको सम्पूर्ण जिम्मेवार स्वयम व्यवसायीहरुले नै लिनुपर्ने उनको भनाइ छ ।

मर्दी हिमालको पदमार्गमा मनपरी ढंगले वातावरणलाई कुनै ख्याल नै नगरी जथभावी रुपमा होटल तथा रेष्टुरेण्ट सहितका भौतिक संरचना निर्माण भएको मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका सचिव शिव भण्डारीले बताए । डुड खर्क, फोरेस क्याम्प, लो क्याम्प र हाइ क्याम्पमा कम्तिमा साँढे दुई घण्टा पैदलको क्षेत्रमा होटल तथा रेष्टुरेण्टहरु निर्माण गर्ने कार्यविधि २०५३ हुँदा हुदै त्यसको उल्लंघन गरी जथभावी रुपमा भौतिक संरचना निर्माण भएको उनले दाबी गरे ।

व्यवसायीहरुले भने दुई बर्ष अघि ए-क्यापले आफुहरुलाई विभिन्न संरचना बनाउदा खासै हटाउन कुनै चासो नदिएकोले गर्दा हाल आफुहरुको सो क्षेत्रमा ठुलो लगानी गरेको बताएका छन्। आवश्यकताको आधारमा आफुहरुले मर्दी हिमालको पद मार्गमा विभिन्न होटल तथा रेष्टुरेण्ट निर्माण गरेको स्थानिय हरि बहादुर क्षेत्रिले बताए । अमृत तामाङले विगत दुई बर्ष देखि मर्दी हिमालको पदमार्गमा पर्ने लो क्याम्पमा लो क्याम्प गेष्टहाउस संचालन गर्दै आएका छन्।

त्यस्तै क्षेत्रिले पनि मर्दी हिमालको पदमार्गमा विगत दुई बर्षदेखि होटल तथा रेष्टुरेण्ट संचालन गर्ने भनी लाखौं लगानी गर्दै आएका छन्। तामाङ र क्षेत्रि जस्ता केही व्यत्तिले स्थानिय तल तथा ए-क्यापसंग समयमै अनुमती नलिई विभिन्न संरचना बनाउदा हाल टाउको दुखाइको बिषय भएको छ । तामाङले करिब ५० लाख र क्षेत्रीले करिब ६५ लाख लगानी गरी होटल तथा रेष्टुरेण्ट निर्माण गरे पनि हाल ए-क्यापले उनीहरु सहितका ११ जनालाई कारवाही सहित उनीहरुले निर्माण गरेको होटल तथा रेष्टुरण्ट बन्द गरी संरचना सहित गर्ने निर्णयले उनीहरुको टाउको दुखाइको विषय भएको हो ।

दुई बर्ष अघि होटल निर्माणको क्रममा ए-क्यापले आफुहरुलाई खासै अवरोध नगरेको हाल आफुहरुले आवश्यकताको आधारमा पर्यटकरुलाई सेवा दिने उद्धेश्यले ठुलो लगानी गरे पछि कारवाही गर्ने उचित नभएको क्षेत्रीले गुनासो गरेका छन्। उनले भने “मर्दी हिमालमा सिजनमा दैनिक ५ सय भन्दा बढी पर्यटकहरु जाने गरेका छन, उनीहरुको सेवा सुविधाको लागि हामीले आफ्नो ठाँउमा केहि होला भनेर लगानी गरेका हौं, यसमा सरकारले हामीसंग कति राजश्व लिने त्यो निर्णय गरोस हामी त्यसमा तयार छौं, हामीले व्यवसाय गर्न पाउनु पर्छ । ”

डुड खर्कदेखि फेरेस क्याम्प, बादल डाँडा, हाइ क्याम्प (भ्यू प्वाइन्ट) सम्मको क्षेत्रमा विगत दुई बर्ष देखि अवैधानिक होटल तथा रेष्टुरेण्ट निर्माण भएको स्थानियले जनाए । मर्दी हिमालको पदमार्गको अधिकाशं भाग वडा नम्बर ९ मा पर्ने भएकोले गर्दा प्राय अबैधानिक होटल तथा रेण्टुरेण्टहरु वडा नम्बर ९ मै निमार्ण भएका छन् । ए-क्यापले हाल ११  जनालाई कारवाही गरे पनि अझै उतिकै सङख्यामा अवैध रुपमा होटल तथा रेष्टुरेण्टहरु संचालन भएको स्थानियको गुनासो छ । यस अघि पोखरा न्यूज डटकमले ‘कास्कीको मर्दी हिमाल ट्रेकमा धमाधम मापदण्ड विपरीत होटल तथा रेष्टुरेण्ट निर्माण” शिर्षकमा समाचार प्रकाशन गरेको  थियो ।

कास्कीको मर्दी हिमाल ट्रेकमा धमाधम मापदण्ड विपरीत होटल तथा रेष्टुरेण्ट निर्माण

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Mardi himal padyatra ko mapdanda k ho kasari yeha hotel banauna anumati lina sakinxa k pahila anumati liyera kholiyeko hotel bahek aru hotel kholne anumati xaina ani naya hotel kholda batabaran ma asar pugxa purano hotel le batabaran ma asar puryaudaina ani ahile abaid rup ma kholiyeka vaniyeka hotel sanchalak haru le kahile hotel kholnu anumati paudainana ani ahile jati samrachana nirman vayeko xa ti hotel haru lai madhyamargi bato apanayera jun avaid rup ma kholiyeka hotel haru xan ti hotel ha

  2. Mardi himal padyatra ko mapdanda k ho kasari yeha hotel banauna anumati lina sakinxa k pahila anumati liyera kholiyeko hotel bahek aru hotel kholne anumati xaina ani naya hotel kholda batabaran ma asar pugxa purano hotel le batabaran ma asar puryaudaina ani ahile abaid rup ma kholiyeka vaniyeka hotel sanchalak haru le kahile hotel kholnu anumati paudainana ani ahile jati samrachana nirman vayeko xa ti hotel haru lai madhyamargi bato apanayera jun avaid rup ma kholiyeka hotel haru xan ti hotel ha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button