पोखराको रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खु्ल्ला गर्न तत्काल पहल गर्छु : प्रचण्ड

दीननाथ बराल, पोखरा न्यूज – ०५, असार । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको रत्नमन्दिर र हिमागृह सर्वसाधारणका लागि खु्ल्ला गर्न तत्काल पहल गर्ने बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदको समन्वयमा बिहीबार अध्यक्ष प्रचण्डसंग भएको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले पोखरामा पर्यटनको नयाँ गन्तव्यको लागि पनि रत्नमन्दिर र हिमागृह खुलाउनु पर्नेमा जोड दिदै यसमा आफुले पहल गर्ने बताएका हुन् ।

उनले भने “ यो हिमागृह र रत्नमन्दिरलाई आम जनताको लागि खुल्ला गराउनै पर्छ, यो खुल्ला गराउन धेरै समस्या छैन, क्याविनेटमा निर्णय हुने बित्तिकै  हुन्छ, यो कुनै अप्ठ्यारो चिज छैन्। ” पोखराको पर्यटनको बसाइमा यसले टेवा पुग्ने भएकोले यस बिषयमा प्रधानमन्त्रीलाई तत्काल खुल्ला गराउन आफुले आग्रह गर्ने उनले जनाए ।

परिषदका अध्यक्ष चिरन्जिवि पोख्रेलले पर्यटन व्यवसायीहरुको तर्फबाट फेवाताल संरक्षणमा प्रदेश र संघिय सरकारले चासो नदिएको गुनासो गर्दै रत्नमन्दिर र हिमागृह खुल्ला गर्न माग गरेका थिए ।

पोखरामा क्षेत्रिय  अन्तर्राष्ट्रिय  विमानस्थल निर्माण भएसंगै यहाँका सडक संजाल र पोखराको चक्रपथमा सरकारले ध्यान दिनु पर्ने, पर्यटनलाई उद्योगको रुपमा मान्यता दिनु पर्ने लगायतका माग व्यवसायीहरुले राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button