कास्की र तनहुँमा आज शैक्षिक हड्ताल !

दीननाथ बराल, पोखरा न्यूज – ०६, असार । गिरफ्तारमा परेका बिद्यार्थीको विना सर्त रिहाइको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिले आज (शुक्रबार) कास्की र तनहुँमा शैक्षिक हड्तालको घोषणा गरेको छ । क्रान्तिकारिले प्रेस विज्ञप्ति मार्फत प्रशासनले आफ्नो बिद्यार्थीमाथि झुटा मुद्धा लगाएको आरोप लगाउदै उनीहरुको विना सर्त रिहाइको माग राख्दै कास्की र तनहुँमा शैक्षिक हड्तालको घोषणा गरेको बताएको हो ।

विज्ञप्तिमा  नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध र संगठनका हरेक तह र तप्कामा रहेर विकृति विसङगति, दलाल तन्त्र भ्रष्टचार बिरुद्ध समाज रुपान्तरण र बैज्ञानिक समाजवादी शिक्षको निम्ति निरन्तर सघर्ष गर्दै आउदा बिद्यार्थी नेता कार्यकर्ता माथि प्रशासनले गरेको व्यापक दमन, धरपकड, गिरफ्तार गरिरहेको उल्लेख गरिएको छ ।

क्रान्तिकारीले यसको घोर भत्सना गर्दै पछिल्लो समयमा घान्द्रुकबाट गिरफ्र गरी झुटा मुद्धामा फेरी उच्च अदालतले सफाइ दिइ रिहा गर्न आदेश दिए पछि संगठनका केन्द्रिय सचिवालय सदस्य तथा गण्डक क्षेत्रीय समन्वय समितिका संयोजक मिलन राइ, केन्द्रिय सदस्य तथा व्यूरो सदस्य काजि गुरुङलाई पुन गिरफ्तार गरी झुटा मुद्धा लगाइ तनहुँ जिल्लामा लगेको हुदा खेद प्रकट गरेको छ ।

क्रान्तिकारीले गिरफ्तार गरिएका बिद्यार्थीलाई विना सर्त यथाशिघ्र रिहाइ गर्न जोडदार माग गर्नुको सार्थै कास्की र तनहुँमा आम शैक्षिक अड्ताल गरेको भन्दै  कास्की र तनहुँ जिल्लामा रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न संगठनले विज्ञप्ति मार्फत अनुरोध गरेको हो ।

जिल्ला समिति कास्कीका उपाध्यक्ष आस्था नेपालीद्धारा हस्ताक्षर गरेको प्रेस विज्ञप्ति मार्फत शुक्रबार कास्कीमा शैक्षिक हड्ताल गरिएको जनाइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button