रुख काटेको निहुँमा कुटपिटबाट महिलाको मृत्यु

पोखरा न्यूज – ०६, असार । सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ ।

रूख काटिएको विवादमा  लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उनका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।

सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाइ फरार भएका छन् । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button