पोखरामा रुखबाट लडेर कृषकको मृत्यु

पोखरा न्यूज – ०६, असार । पोखराका एक कृषकको घाँस काट्दै गर्दा रुखबाट खसेर मृत्यु भएको छ ।

पोखरा महानगरपालिका २१ कृष्ती बस्ने ५२ बर्षका शिव प्रसाद सुवेदीको घर नजिकै घाँस काट्न जादा रुखबाट खसेर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते भएका सुवेदीको उपचारको लागी मेट्रोसिटि अस्पताल ल्याए पछि चिकित्सकले उनलाई मुत घोषणा गरेको थियो । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच, गोर्खाको पालुङटार नगरपालिका ५ बन्देरी टोल बस्ने करिब ६५ बर्षिया देवीमाया अधिकारी मृत अवस्थामा भेटिइकीछन् । उनको घर नजिकै रोडको छेउमा खनेको नालामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button