पोखराको मणिपाल हस्पिटलमा डाक्टरको गाडीको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु

दीननाथ बराल , पोखरा न्यूज – ०७, असार । पोखराको मणिपाल हस्पिटलमा डाक्टरको गाडीको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु भएको छ ।

शनिबार बिहान करिव ८ :३० बजेको समयमा हस्पिटलको पार्किंग स्थलमा डाक्टर विश्वदिप तिमिल्सिनाको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठाना घर भई फुलबारी बस्दै आएका ४ वर्ष २ महिनाका बालक संस्कार कँडेलको मृत्यु भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

हस्पिटलको मोटरसाइकल पार्किंगबाट बच्चाका बाबुले स्कुटर झिक्ने क्रममा छेउमा रहेका बच्चाले बाटो क्रस गर्न खोज्दा डाक्टर तिमिल्सिनाको ग ३ च ४३६ नम्बरको गाडीले ठक्कर दिँएपछी बच्चाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् । बच्चाका बाबुआमा बिमार रहेकी हजुरआमालाई हस्पिटलमा भेटेर फर्कने क्रममा हस्पिटल हाताभित्रै घटना घटेको हो ।

डा. तिमिल्सिनाले लापरबाही गर्दै एउटा हातमा मोबाइल खेलाउदै अर्को हातले गाडी चलाउदा बच्चालाई ठक्कर दिएपछि बच्चाको मृत्यु भएको आफन्तको आरोप छ । बालकको घटनास्थलमै मृत्यु भएपनि घटना फितलो पार्न बालकलाई ईमर्जेन्सी कक्षमा लगिएको प्रतक्ष्यदर्शी र  आफन्तले आरोप लगाएका छन्  । हस्पिटलको हाताभित्रै डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु हुँदा समेत प्रहरी प्रशासनले डाक्टरलाई जोगाउन र आफूहरुमाथि धरपकड गर्न खोजेको भन्दै आफन्तले आक्रोश ब्यक्त गरेका छन् ।

डाक्टर तिमिल्सिना र ठक्कर दिने गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button