तनहुँमा ३ सय ५० अपाङ्गता भएकालाई परिचयपत्र वितरण

पोखरा न्यूज – ०७, असार । तनहुँको भिमाद नगरपालिकाले तीन सय पचास अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

सोमा पुरुषको सङ्ख्या २०० र महिलाको सङ्ख्या १४० रहेको छ । नगरपालिकाले क वर्गका ६९, ख वर्गका १३९, ग वर्गका ९२ र घ वर्गका परिचयपत्र लिने ५० लाई परिचयपत्र वितरण गरेको हो ।

गत जेठ २२ गतेदेखि नगरपालिकाले प्रत्येक वडामा गएर अपाङ्गता परिचयपत्र वितरण कार्य थालेको नगरपालिकाका अपाङ्गता समितिका संयोजक एवं कार्यपालिका सदस्य दिना गौतमले बताइन।

कोही छुटफुट भएमा केही समयपछि नगरपालिकाबाट नै परिचयपत्र वितरण गर्न आगामी बैठकमा छलफल हुने उनले जानकारी दिइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button