बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको जलेर मृत्यु

पोखरा न्यूज – ०८, असार । रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।

“अझै पनि सनाखत भएको छैन, तर हामीले कोशिस गरिरहेका छौँ”, प्रहरी निरीक्षक मैनालीले भने । अहिले दुवै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button