गण्डकी प्रदेशसभाको बैठक आज पनि सूचना टाँसेर स्थगन

पोखरा न्यूज – ०८, असार । गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक तोकिएकामा अर्को सूचना नआएसम्मका लागि भनेर बैठक स्थगन गरिएको छ ।

आज दिनको १२ बजेका लागि तोकिएको प्रदेशसभाको बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचनामा उल्लेख गरिएको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बजेट वक्तव्यमा समावेश कतिपय कार्यक्रम विनियोजन विधेयकमा समावेश नभएको तथा कतिपय कार्यक्रम दोहोरिएको भन्दै सदन अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख नेत्रनाथ अधिकारीले असार ६ गतेको बैठक शुरु नै नगरी स्थगन गरेका थिए ।

सोे बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अघिल्लो दिन सभामा प्रस्तुत गरेको विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button