राष्ट्रिय विच भलिबलको उपाधिको लागि आर्मी र गण्डकी भिड्ने

दीननाथ बराल, पोखरा न्यूज – ०८, असार । पोखरामा जारी राष्ट्रिय विच भलिबल प्रतियोगिताको पुरुषतर्फ आर्मी र गण्डकी, महिला तर्फ पुलिस र एपिएफले उपाधिको लागि सोमबार फाईनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

आइतबार फेवाताल किनारामा भएको पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मीले गण्डकी प्रदेश ‘ए’को समुहलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । आर्मीका मानबहादुर श्रेष्ठ र दिल कुमार सुनारको जोडीले गण्डकीको रमेश केसी र सन्जु विक्रम शाहको जोडीलाई २१-१४, १२-२१ र १५-११ को सेटमा पराजित गरेको हो ।

दोस्रो सेमिफाइनल खेलमा गण्डकी ‘बी’ले पुलिसको ‘ए ‘समुहलाई पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । गण्डकीका राजु विक र अनिल दर्लामी मगरको जोडीले पुलिसका चन्द्र कुँवर र तोरण चन्दको जोडीलाई २१-१५, १८-२१ र १५-९ को सेटमा पराजित गरेको हो ।

महिला तर्फ नेपाल पुलिस ‘ए’ विरुद्ध सशस्त्र प्रहरी बलको एपिएफ ए बिच सोमबार विहान फाइनल खेल हुने भएको अपिसियल एवं रेफ्रि संयोजक टहलसिंह थापाले बताए । आइतबार भएको खेलमा एपिएफले पुलिसको ‘बी’ समुहलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एपिएफका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले पुलिसका मनिसा चौधरी र पुष्पा चौधरीको जोडीलाई २१-९, २१-१४ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन्।

शनिबार भएको पहिलो सेमिफाईनल खेलमा पुलिसको ‘ए’ समुहले प्रदेश नम्बर-१ को समुहलाई पराजित गर्दैै फाइनलमा यात्रा बनाएको हो । पुलिसका निता साह र कोपिला उप्रेतीको जोडीले प्रदेश-१ का पिंयका राजवंशी र समिता सार्कीको जोडीलाई २१-८, २१-११ को सोझो सेटमा पराजित गरेका हुन्।

महिला तर्फ पुलिस ‘बी’को समुहले आर्मीलाई पराजित गर्दै तेश्रो भएको छ । पुलिसका मनिसा चौधरी र पुष्पा चौधरीको जोडीले आर्मीका मनिसा खाँड र पुष्पा पल्परीयाको जोडीलाई ८-२१, २१-१२ र १५-१२ को सेटमा पराजित गर्दै तेस्रो भएका हुन् ।

त्यसै गरी पुरुष तर्फ गण्डकी प्रदेश ‘ए’ को समुह तेस्रो भएको छ । गण्डकीका रमेश केसी र सन्जु विक्रम शाहको जोडीले नेपाल पुलिस ए को समुहमा रहेका चन्द्र कुँवर र तोरण चन्दको जोडीलाई २१-१७ र २३-२१ को सेटमा पराजित गरेको हो । हाल पोखरामा भएको छैठौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हो ।

बर्षादका कारण जारी राष्ट्रिय बिच भलिबल प्रतियोगिता प्रभावित भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनमा असार ७ गतेससम्म संचालन हुने भनिएको उक्त प्रतियोगिता असार ६ गते देखि लगातार पानी परेकोले गर्दा असार ९ गते फाईनल खेलसंगै प्रतियोगिता समापन हुने भएको संघ कास्कीका अध्यक्ष भिम पराजुलीले बताए । असार ५ देखि सुरु भएको प्रतियोगितामा मलिहा तर्फ १४ र पुरुष तर्फ १७ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा तीन विभागिय (नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वलको एपिएफ) सहितका सातै प्रदेशबाट खेलाडीहरु सहभागि भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष विजेता टिमलाई ३०/३० हजार, उपविजेता टिमलाई २०/२० हजार र तेश्रो हुनेलाई १०/१० हजार पुरस्कार प्रदान गनिरे भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button