पर्वतमा जीप दुर्घटना: २ को मृत्यु, ४ जना घाइते

पोखरा न्यूज – ०८, असार । पर्वतको  महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारण बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्ने सबै राष्ट्रिय वाणिज्य बैंकको लुंखु शाखामा काम सकेर फर्किदै गरेका बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button