पोखरामा २ स्थानमा भेटिएको बम निष्क्रिय पारियो, एक स्थानमा डिस्पोजको तयारी

दीननाथ बराल, पोखरा न्यूज – १०, असार । पोखराका बिभिन्न २ स्थानमा भेटिएको बम डिस्पोज गरिएको छ । पोखराको पार्दी बिरौटा खाद्यान्नको पछाडिको भागमा पर्ने सडक पेटीमा  भेटिएको शंकास्पद रातो बस्तुलाई भने डिस्पोजको तयारी गरिदै छ ।

पोखराको चाउथे स्थित रचना म:म खाजा घर नजिकै भेटिएको प्रेसर कुकर बमलाई बिहान करिब ७ बजेको समयमा डिस्पोज गरिएको हो। सोमबार बेलुका नै प्रेसर कुकर सहितको शंकास्पद बस्तु भेटिएपछी सुरक्षाकर्मीले उक्त स्थानलाई निगरानीमा राखेका थिए ।

त्यसैगरि पोखराको तालचोक र डाँडाको नाक चोकको बीच भागमा भेटिएको सकेट बमलाई समेत डिस्पोज गरिएको छ । हमाल  चोक नजिकै पोलमा तार बेरेर राखेको अवस्थामा भेटिएको सकेट बमलाई बिहानै डिस्पोज गरिएको हो ।

पोखरा एयरपोर्टमा रहेको नेपाली सेनाको कालिभन्जन गणका २ वटा  डिस्पोजल टोलीले बम डिस्पोज गरेका हुन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आज (मंगलबार) आव्हान गरेको नेपाल बन्दको क्रममा पोखराका बिभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् ।

यसअघी सोमबार साँझ करिब ५ः३० बजेको समयमा पोखराको सिद्धार्थचोक/चिप्लेढुंगा स्थित श्री कम्प्लेक्स कृषि बजारको सडकमै शंकास्पद बस्तु देखिए पछि नेपाली सेनाको डिस्पोजल टोलीले साँझ करिब सभा ७ बजे नै शंकास्पद बस्तु डिस्पोज गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button