रुपन्देहीमा चट्याङ लागेर ३ जनाको मृत्यु

पोखरा न्यूज – १०, असार । रुपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर आज तीन जनाको मृत्यु भएको छ । पानीसँगै आज परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् ।

अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

त्यसैगरी कञ्चन गाउँपालिका वडा नंं २ वसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको मृत्यु भएको प्रहरीले बताएको छ । यता गैडहवा गाउँपालिका–७ वर्गदैया बस्ने राम जीत लोधका २५ वर्षका छोरा भागवतदास लोधको पनि चट्याङ लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्य पूराले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button