पोखरामा भारतीय गाडीले ५ सवारीसाधन र पैदलयात्रीलाई ठक्कर दियो

दीननाथ बराल, पोखरा न्यूज – ११ , असार । पोखरामा एक भारतीय गाडीले बुधबार पाँच सवारीसाधन लाई ठक्कर दिएको छ ।

बुधबार दिउसो करिव १  बजेको समयमा लेकसाइड स्थित हल्लनचोक नजिकै ३ वटा मोटरसाइकललाई ठक्कर दिएर
भागेको एच आर 09 एल 0009 नम्बरको भारतीय गाडीले लेकसाइडमै थप एक कार र स्कुटरलाई ठक्कर दिएको हो । उक्त भारतीय गाडीले भाग्ने क्रममा  एक पैदलयात्री र गाईलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उक्त गाडीको ठक्करबाट भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।   गाडीको ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ बर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका हुन् । उनको पोखराको मेट्रोसिटी हस्पिटलमा सघन कक्ष (आइसियू) मा उपचार भैरहेको छ ।

गाडीको ठक्करबाट पोखरा गगनगौडाका पैदलयात्री ५२ बर्षीय मुलुल ढकाल र ग १६ प ९९५९ मोटरसाइकल चालक पोखरा २३ का  ३३ बर्षीय इश्वर नेपाली समेत घाइते भएका छन्  ।  उनिहरुको  मेट्रो सिटी हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । ग १६ प ९९५९ मोटरसाइकल चालक नेपालीको मोटरसाइकलमा पद्म बहादुरगुरुङ सवार भएको प्रहरीले जनाएको छ ।

अर्घखाँची घर भई भारत बस्दै आएका अजय बरालले चलाएको भारतिय नम्बर प्लेटको गाडीले ठक्कर दिएको हो । उनले मादक पदार्थ सेवन गरी गाडी चलाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । गाडी चालक र गाडीलाई वडा प्रहरी कार्यालय बैदमले नियन्त्रणा लिएको कार्यालयका प्रमुख डिएसपी कोमल शाहले बताए ।

उक्त गाडीले ग १५ प ८६२६ नम्बरको स्कुटर, ग ७ प १३४७ नम्बरको मोटरसाइकल, ग १६ प ९९५९ मोटरसाइकल, ग १३ प १५२ नम्बरको मोटरसाइकल र ग १ ज २७८६ नम्बरको ट्याक्सिलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button