पोखरा महानगरपालिकाको सेवा ठप्प पार्ने काँग्रेस सम्बद्ध वडाअध्यक्षहरुको चेतावनी

दीननाथ बराल, पोखरा न्यूज – १२, असार । नेपाली कांग्रेसका वडाअध्यक्षहरुले पोखरा महानगरपालिका कार्यालयको शुक्रबारको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

पोखरा महानगरपालिकाले आफुहरुको मागको बिषयमा गम्भिर नभएको भन्दै कांग्रेसका वडा अध्यक्षहरुले भोलि (शुक्रबार) महानगरको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका हुन्।  बजेट विनियोजनमा विभेद गरेको भन्दै बिहीबार मुल गेटमा तालाबन्दि गरि धर्ना दिए पनि महानगरले आफुहरुलाई वार्तामा नवोलाएको हुदा शुक्रबार महानगरको सम्पूर्ण सेवा ठप्प पार्न आफुहरु बाध्य भएको कागेंसका सचेतक तथा वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले बताए ।

बिहिबारको सांङकेतिक विरोधले महानगरले आफुहरुको मागको बिषयमा कुनै सुनुवाई नै नगरेको हुदा शुक्रबार विहानै ९ः३० बजे देखि नै महानगरका सवै गेटमा तालावन्दी गरी महानगरको गेटमा धर्ना दिने भएको सचेतक लामिछानेले जनाए । उनले भने “महानगरले बजेटको बिषयमा कार्यपालिकामा छलफल नै नगरी हतारमा बजेट ल्यायो, ल्याएको बजेट क्षेत्र नम्बर दुई को उपनिर्वाचनलाई केन्द्रित हुने गरी असमान ढंगले बजेट ल्याएको छ, यो तत्काल सच्चीनु पर्छ, अन्यथा हाम्रो आन्दोलन जारी रहने छ ।” शुक्रबार आफुहरुले महानगरको सम्पूर्ण सेवा ठप्प पार्दा पर्न जाने असुविधा प्रति सचेतक लामिछानेले अग्रिम रुपमा क्षमायाचना गरेका छन्।

उनले भने “महानगरले जथभावी रुपमा उठाउने करको विरोधमा हामी लागेका हौं, महानगरले जुन जुन ठाउँमा बढी कर संकलन गर्ने गरेको छ त्यसको आधारमा समानुपातिक ढंगले बजेट विनियोजन गरेको छैन, दुई तिहाइको दम्वले आफ्नो मनपरि गरेका छन् । ”काँग्रेसका वडा अध्यक्षहरुले बिहिबार दिनभर जसो नाराबाजी गर्दै महानगर गेट बाहिर धर्ना दिएका थिए । उनीहरुले महानगरको मुल गेट सहित दुई ठुला गेटमा तालावन्दी गरेका थिए भने कर्मचारी र सेवाग्राहीहरुको लागि कुनै अबरोध गरेका थिएनन्।

पोखरा बासिले तिरेको करलाई मनोमानी र विभेद गरी विनियोजन गरिएको सचेतक लामिछानेको आरोप छ । बजेट पारित गर्ने समयमा केही दिन अघि काँग्रेस वडा अध्यक्षहरुले बजेट तथा कार्यक्रम समेटिएको रातो किताव च्यातेर विरोध जनाएका थिए । केही वडा अध्यक्षले अपशव्द वोल्दै कुर्सी समेत फाल्दै नगर सभामा विरोध जनाएको महानगरको आरोप छ ।

महानगरका मेयर मानबहादुर जिसीले सवै जसो वडा अध्यक्षहरुसंगको छलफलको आधारमा बजेट तथा कार्यक्रम ल्याएको दाबी गरे । वडा नम्बर १६ र १७ मा बढी बजेट पारेको आरोप छ नी मेयर साब भन्ने हाम्रो प्रश्नमा मेयर जिसीले उक्त वडामा जनसङख्या पनि धेरै र जनसहभागिताका धेरै योजनाहरु रहेका कारणले केही बजेट धेरै पर्न गएको जनाए । पोखरा महानगरमा ३३ वटा वडाहरु रहेकाछन भने जस मध्य ११ जना काँंग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए भने बाँकी वडा अध्यक्ष नेकपा तर्फबाट निर्वाचित भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button