पोखराको सेतीनदीमा मोटरसाइकल सहित मान्छे खसेको भनिएपछि खोजीमा तिब्रता

दीननाथ बराल, पोखरा न्यूज – १४, असार । पोखरामा शुक्रबार साँझ मोटरसाइकल सहित मान्छे सेतीनदीमा खसेको बिषयमा खोज तलास गर्दा हालसम्म कुनै पुष्टि हुन सकेको छैन् ।

शुक्रबार साँझ अविरल बर्षासंगै भलपानीले चाइना पुल नजिकको नालामा एक मोटरसाइकल सहित मान्छे बगाएको स्थानियले दिएको सुचनाको आधारमा हिजोदेखि आज दिनभर जसो खोजतलास गर्दा सेतीनदीमा कुनै प्रमाण नभेटिएको कास्की प्रहरीले जनाएको छ ।

जनताले दिएको सुचनाको आधारमा शुक्रबार साँझदेखि पोखराको चाइनापुलदेखि सेतीनदी क्षेत्रमा विपद व्यबस्थापनको रेस्क्यू टिम सहित नेपाल प्रहरी, स्थानियको सहभागितामा खोजी कार्य गर्दा पनि हालसम्म मोटरसाइकल तथा व्यक्तिको कुनै प्रमाण नभेटिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

उनले भने “हालसम्म कुनै व्यक्ति हराएको वा कसैको मोटरसाइकल हराएको कुनै सुचना हामीलाई आएको छैन्, जनताको सुचनाको आधारमा हामीले खोजी कार्य जारी राखेका छौं, यदी कुनै व्यक्ति हराएको वा मोटरसाइकल हराएको छ भने हामीलाई तत्काल खबर गर्नु होला ।” उक्त नालामा ठुलो भलपानी आउदा सिधै सेती नदीमा भलपानी जाने भएकोले कुनै बस्तु वा व्यक्तिलाई बगाएको खण्डमा बिचमा रोक्ने कुनै जाली वा बस्तु राख्नु पर्ने उनले बताए ।

सेतीनदीको नालामा सिधै भलपानी जाने हुदा सेतीनदीमा पानी खस्नु भन्दा केही माथिल्लो मागमा जाली राख्न स्थानियले माग गरेका छन्। सीसी क्यामरा फुटेजमा समेत हेर्दा सेतीनदीको नालामा कुनै व्यक्ति वा मोटरसाईकल बगाएको कुनै दृश्य समेत नदेखिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी.राजकुमार केसीले बताए ।

मोटरसाइकल चलाएका एक व्यक्तिलाई शुक्रबार साँझ चाइनापुल नजिकको नालामा डुबेको अबस्थाबाट उद्धार गरिएको एस.पी. कार्कीले जनाए । स्थानिय र प्रहरीले उनलाई उद्धार गरिएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button