पोखरामा काठमाण्डौ र पोखराका व्यक्तित्वहरु बीच व्यापार रणनीति साटासाट !

दीननाथ बराल, पोखरा न्यूज – १४, असार । नयाँ बिज्नेशलाई प्रोत्साहन गर्ने उद्धेश्यले शनिबार पोखरामा, पोखरा काठमाण्डौंका व्यक्तित्वहरु बिच विज्नेश रणनीति साटासाट गरिएको छ ।

इ.एस.ओ.एस. ग्लोवल प्रा.लि.को आयोजनामा नेपाल स्टाट अफ टुर कार्यक्रममा सहभागि बिज्नेश म्यानहरुले आ-आफ्नो बिज्नेश रणनिती एक आपसमा साटसाट गरेका हुन्।  १५ कम्पनिका प्रतिनिधिहरु सहभागि कार्यक्रमलाई सिटिजन्स बैंकका क्षेत्रिय म्यानेजर प्रदिप सिंखडाले सहजीकरण गरेका थिए ।

अर्थ सल्लाहका संचालक उवेग श्रेष्ठ, इ.एस.ओ.एस. ग्लोवलका संचालक आरीफ सफि खानियारी, सुनिता पाठक लगायतले उक्त बिज्नेस म्यानहरुको भेटघाटले एक आपसमा विज्नेश रणनिती र नयाँ बिज्नेशस कसरी संचालन गर्ने भन्ने बिषयमा छलफल भएको थियो ।

समयको माग अनुसार प्रविधिलाई उच्चतम प्रयोग गरी फरक किसिमको नयाँ बिज्नेश आजको आवश्यकता भएको उनीहरुले जोड दिएका थिए ।  सन् २०१७ मा नेपाल भारत बिज्नेश समिट नेपालमा आयोजना गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button