पोखराको लेकसाइडमा मापसे गरि ढुङगाले हान्दा बिदेशी युवती घाइते

पोखरा न्यूज – १४, असार । पोखराको लेकसाइडमा एक युवकको ढुङगा प्रहारबाट बिदेशी नागरिक घाइते भएकी छन्।

शनिबार  लेकसाइडको खहरे स्थित एक  क्याफेमा जुस खान बसेकी जर्मनी नागरिक २७ बर्षिया अन्ना हेक्कीलाई अन्नपुर्ण गाँउपालिका- १० घान्द्रुकका  २० बर्षीय जनम परियारले ढुङगाले हानेको प्रहरीले जनाएको छ ।

ढुङगा प्रहारबाट घाइते भएकी हेक्कीको मेट्रोसिटि अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार  परियारले मादक पदार्थ सेवन गरि हेक्कीलाई ढुङगाले हानेका हुन् । परियारलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

२०७६/३/१५ मा अद्यावधिक गरिएको : यसअघी क्याफेको नामको सूचना गलत भन्ने जानकारी आएकाले क्याफेको नाम हटाइएको ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button