पोखरामा ९ करोडको लागतमा मानव सेवा आश्रमको आफ्नै भवन बन्दै

दीननाथ बराल, पोखरा न्यूज । मानव सेवा आश्रमले पोखरामा आफ्नै भवन बनाउने तयारीमा लागेको छ । पोखरा महानगरपालिका २५, हेम्जा स्थित बाबियोतरामा रहेको लक्ष्मी नारायण मन्दिर गुठीले आश्रमलाई करिब ६३ रोपनी जग्गा उपलब्ध गराए संगै पोखरामा आफ्नै भवनमा आश्रम बनाउने तयारी गरेको हो ।

पोखरा क्षेत्रमा आफुहरुले ब्यबस्थित रुपमा संचालन हुने गरी आश्रम बनाउने योजना अघि सारेको अवस्थामा गुठीबाट आफुहरुले सोचे भन्दा बढी जग्गा उपलब्ध भएकोले यही जेठ महिनाबाटै आश्रम निमार्णको कार्य सुरु गर्ने गरी तयारी भएको मानव सेवा आश्रम पोखराका प्रमुख होमनाथ तिमिल्सिनाले बताए । पोखरामा आश्रम सुरु भएको १४ महिना वितेसंगै पोखरामै २९ बर्षको लागि निशुल्क रुपमा जग्गा उपलब्ध भएकोले आफुहरुले विभिन्न दाताहरुको सहयोगमा धर्मशाला सहितको आश्रम बनाउने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा ९ करोडको लगानीमा ३ सय ५० सिट क्षमताको आश्रम निमार्ण गरिने भएको छ । उनले भने “ हामीले पोखरामा मानव सेवा आश्रमको आफ्नै भवन बनाउने अभियानको लागि हामीसंग सिड मनिको रुपमा मात्र २० लाख रुपैया रहेको छ, हाम्रो अभियानलाई स्थानिय र प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका छन्। ” गुठीले आश्रमलाई पहिलो चरणमा २९ र दोश्रो चरणमा पुनः २९ बर्षसम्मको लागि निशुल्क रुपमा उक्त जग्गा उपलब्ध गराएको प्रमुख तिमिल्सिनाले बताए ।

स्थानिय मोती बहादुर थापाको अध्यक्षतामा उक्त आश्रम निमार्णको लागि उपभोक्ता समिति समेत गठन भएको छ । मानव सेवा आश्रम बाबियोतरा लक्ष्मी नारायण मन्दिर गुठी सनातन प्रतिष्ठानबाट उक्त आश्रमको नाम राखिने भएको छ । हालको उक्त गुठीको जग्गामा केही भागमा अन्न वाली लगाइदै आए पनि अधिकाशं भाग झाडी भएकोले अब भने मानव सेवा आश्रम हुने भएकोमा आफुहरुलाई निकै खुसि लागेको स्थानियले बताए । उक्त गुठीका संरक्षकमा गलेश्वर आश्रमका पिठाधीश समेत रहेका आत्मनन्द गिरी रहेका छन्। गुठीको जग्गा २०५६ सालमा लक्ष्मी नारायण मन्दिर सनातन प्रतिष्ठानको नाममा दर्ता भएको गुठीका अध्यक्ष समेत रहेका मोती बहादुर थापाले बताए ।

त्यस अघि सयौं बर्ष अघिदेखि लक्ष्मी नारायण मन्दिर गुठीको नाममा करिब ३२ रोपनी ८ आना जग्गा रहेको थियो । सो क्षेत्रमा हाल करिब ३० रोपनी प्रति जग्गा रहेकोले दर्ता गर्न बाँकी रहेको उनले जनाए । आश्रमका गोविन्द टन्डन, रामजी अधिकारी, होमनाथ तिमिल्सिना लगायतको टोलीले आश्रमको जग्गामा लक्ष्मी नारायणको मन्दिर, धर्मशाला, आश्रम लगायका भौतिक संरचना निमार्ण गर्ने सहमतिमा उक्त जग्गा आश्रमलाई २९ बर्ष सम्मको लागि निशुल्क उपलब्ध गराएको अध्यक्ष थापाले जनाए । आश्रमले पहिलो ६ महिनामा लगत स्टमेट तयार गर्ने, अर्को ६ महिनामा काम सुरु गर्ने र ५ बर्ष भित्र विभिन्न योजना पुरा गर्ने जनाएको थापाले बताए ।

सडक पेटिमा रहेका गरिब तथा विपन्न बर्गका व्यक्तिहरुको भरोसाको केन्द्र रुपमा रहेको मानव सेवा आश्रमले पोखरामा मासिक ८० हजार भाडामा लियर आश्रम संचालन गर्दै आएको छ । आश्रममा हाल ८२ जना रहेको आश्रमका राजन सापकोटाले बताए । समितिले हाल मासिक ४ देखि ६ लाखसम्मको लगातमा आश्रममा रहेकाको भरणपोषण गर्दै आएको छ । पोखराको आश्रममा ८० जनाको सिट क्षमता भए पनि हाल आफुहरुले मिलायर बसोवास गर्ने वातावरण मिलाएकोले उनले जनाए । उक्त आश्रममा २७ वटा रुम रहेका छन भने ३ जना सेवा अभियान्ता रहेकाछन। सहयोगी दाताको मुठ्ठी दानबाटै आश्रम संचालन हुदै आएको बताइन्छ । अपडेट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button