पोखरा अन्तराष्ट्रिय विमानस्थलको एकमात्र अवरोध मानिएको डाँडा कटान शुरु

दीननाथ बराल, पोखरा न्यूज – १६, असार । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा एकमात्र अवरोध मानिएको रिठ्ठेपानी डाँडा (बानियाँ पाखा) को कटान गर्ने कार्य शुरु गरिएको छ ।

विमानस्थलको रनवे, ट्याक्सी वे, लगायतका भौतिक संरचना निर्माण कार्य सकियतापनि पोखरा अन्तराष्ट्रिय विमानस्थलको  अवरोधको रुपमा बानियाँ पाखाको डाँडा  रहेको भन्ने हल्ला चलेपछि पोखरेली जनता , स्थानीय बासिन्दा तथा शुभचिन्तकहरुमा आशंका उत्पन्न भएको  थियो  ।

अन्सततः सर्वसाधारणमा रहेको शंका  र चिन्तालाई चिर्दै  विमानस्थलको हवाई मार्गमा पर्ने  डाँडाको  कटान शुरु गरिएको  छ । राष्ट्रिय गौरवको योजनालाई सफल पार्न स्थानियबासिले आफै डोजर लगायर उक्त डाँडा कटान कार्यको  शुभारम्भ गरेका छन्।

२२ जना जग्गा धनिहरुको संयुक्त बैठकले पोखराको विकासको लागि  डाँडाको आवश्यक कटानको लागि आफुहरुले नै कटान गर्ने निर्णय अनुसार केही दिन देखि डाँडाको माटो कटान कार्य शुरु गरिएको जग्गा धनि मध्यका एक गोविन्द तिमिल्सिनाले पोखरा न्यूजलाई  बताए । उनले  पोखरा महानगरबाट १० लाख ५० हजार घनमिटर माटो निकाल्ने अनुमति लिएको जनाए । महानगरलाई हाल ५० हजार घनमिटरको अग्रिम रोयल्टी वापतको रकम ३७ लाख ८० हजार रुपैया बुझाएको समेत तिमिल्सिनाले बताए ।

उक्त माटो निकाल्दा मात्र महानगरलाई जग्गा धनिहरुले रोयल्टी वापत करिब ७ करोड बुझाउने तिमिल्सिनाले बताए । उनले भने “ अर्को जग्गा धनि ठाकुर बरालका अनुसार हाल पहिलो चरणमा माटो कटानको लागि वेस बनाउन हाल बानिया पाखाको डाँडाबाट एउटा स्काभेटर प्रयोग गरी माटो कटानको शुरुवात भएको छ । उनका अनुसार स्थानियको करिब ९० रोपनी जग्गा कटान क्षेत्रभित्र पर्छ । राष्ट्रिय गौरवको योजनालाई सफल पार्न आफुहरुले नेपाल सरकारलाई नै सहयोग पुग्ने गरी उक्त डाँडा कटानमा करिब २० करोड खर्चिन आफुहरु तयार भएको बताए । केही रकम भने डाँडाबाट निस्केको ढुंगा माटो बिक्रिले सहयोग पुग्ने जग्गा धनि बरालले विश्वास लिएका छन्।

तिमिल्सिना, बराल, सुदिप गिरी, सरेन्द्र श्रेष्ठ, मानव धर्म सेवा समिति लगायतको जग्गा उक्त  डाँडामा पर्छ ।सरकारको ठुलो योजनालाई आफुहरुले सहयोग गर्न आफै डाँडा कटानमा लागेकोले कुनै व्यत्ति तथा संस्थालाई आवश्यक माटो चाहिएमा सःशुल्क प्रदान गर्ने उनले जनाए । पहिलो चरणमा भने कम्तिमा ८/१० रोपनी क्षेत्रफल मैदानको रुपमा वेस बनायर निर्माण सामाग्रि राख्ने देखि अस्थायी रुपमा मजदुर सहितको व्यबस्थापन सोही क्षेत्रमा गरीने भएको जग्गा धनि बरालले जनाए ।

पोखरा विमानस्थलको निर्माण कार्य तिव्र गतिले अघि बढि रहेको अबस्थामा पोखरा विमानस्थलको हवाईमार्गमा पर्ने  डाँडा  कटान कार्य शुरु भएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेस मुनाकर्मीले बताए । विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान गर्न विज्ञको टोलीले सुझाव दिएको थियो । पहिलो चरणमा ३० मिटरको भाग कटाउनको लागि स्थानियलाई आफुहरुले अनुमति दिएको उनले जनाए । उनले भने , “स्थानिय जग्गा धनिहरुले उक्त डाँडाँ आफै कटाउन गर्ने भएकाछन भने त्यहा निस्कने ढुंगा माटो पनि उनीहरुले आफै व्यबस्थापन गर्नेछन्। ”

उक्त डाँडामा सार्वजनिक वन जगंल करिब १ सय ५० रोपनी क्षेत्रफल कटान गर्नुपर्ने देखिए पनि त्यसको बास्तविक लगत निकालेसंगै विभागबाट अनुमति लियर कसरी कटान गर्ने भन्ने बिषयमा प्रकृया अघि बढेको बताइएको छ । पोखरा विमानस्थलको हालसम्म करिब ४२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । रनवे, ट्याक्सी वे, लगायतका भौतिक संरचना निर्माण कार्य सकिएसंगै टर्मिनल भवनको फाउण्डेसनको काम सकिएको अब स्टिल स्ट्याक्चरको काम बाँकी रहेको उनले जनाए ।

उनका अनुसार अबको एक महिनामा स्टिलका सामाग्रि पोखरा आउनेछन, त्यसैगरी अन्य विभिन्न प्रकारका भवनहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button