स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

पोखरा न्यूज – १७, असार । स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का एक युवकको मृत्यु भएको छ ।

हिजो साँझ भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा हेलुबाट बयेरघारीतर्फ आउँदै गरेको ग१६प ९१२४ नं स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको आज उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका स्कुटर चालक राजेश केसी र त्यसमा सवार क्षेत्री घाइते भएपछि दुवै जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकामा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

अर्का घाइते केसीको उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । स्कटुर अचानक अनियन्त्रित भई सडकको कुनामा पल्टँदा दुर्घटना भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button