गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद मनाङे नेकपामा प्रवेश गर्ने

दीननाथ बराल, पोखरा न्यूज – १८, असार । गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ (मनाङे) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्।

मनाङे बिहिबार नेकपामा प्रवेश गर्ने गरी तयारी भएको नेकपा गण्डकी प्रदेश कमिटिका कार्यालय प्रबन्धक महेन्द्र पौडेलले बताए । उनका अनुसार नेकपा गण्डकी प्रदेश ईन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका पृथ्बी सुब्बा गुरुङले बिहिबार बिहान करिब ७ः३० बजे नेकपा जिल्ला पार्टी कार्यालय शान्ति वनवाटिकाको परिसरमा मनाङे सहितका केही युवालाई पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको छ ।

मनाङे साबीकको एमालेबाट नै उम्मेदवार बन्न खोज्दा चर्को विरोध भए प्रश्चात उनी स्वतन्त्र उमेदवारीको रुपमा उठेका थिए । उनले मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका थिए । निर्वाचनका बेला एमालेले सहयोग गरेको बताइन्छ । कुनै लेनदेन विना नेकपासंग आफ्नो बिचार मिल्ने भएकोले पार्टीमा प्रवेश गर्न लागेको मनाङेले बताएका छन्।

पुनरावेदन अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष सजाय सुनाएका मनाङेलाई गत माघमा सर्वोच्च अदालतले उक्त सजाय सदर गरेको थियो । निर्वाचित भएका सांसद मनाङे करिब १६ महिना पछि मात्र प्रदेश सभामा पुगेसंगै सपथ लिएका थिए । हाल प्रदेश सभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा १, समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना रहेका छन । जनमोर्चाका एकजना सांसदको निधन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button