मौरीपालनबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका किसान

पोखरा न्यूज – २० , असार । रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ ।

वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा छिन । घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन गर्दै आएकी केसीले कम मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले यो व्यवसायलाई विस्तार गर्न लाएकी हुन्  ।

हाल १५ घार मौरी पाल्दै आएकी उनले वार्षिक करीब रु दुई लाख कमाउँदै आएको बताइन । वालिङ नगरपालिका– १० नं वडा कार्यालयले मौरीपालन गर्ने किसानका लागि तालीम दिएपछि आफूमा थप हौसला मिलेको केसीले बताइन।

वडाध्यक्ष अनन्तराज गैरेले किसानका लागि आवश्क तालीमका साथै कृषि औजार उपलब्ध गराउँदै आएको बताए । पूर्वशिक्षक वालिङ-११ डौवाका श्याम अर्याल पनि मौरीपालन व्यवसायमा रमाउँदै आएका छन्  । आफ्नै घरमा मौरीपालन गरका उनले यो व्यवसायबाट वर्षमा रू आठ/दश लाखसम्म कमाउन गारो नहुने बताए ।

बिहान उठेदेखि साँझसम्म मौरीसँगै रमाउने अर्यालको घरको बार्दली, आँगनदेखि घर अगाडि रहेको बारीमा टन्नै रहेका मौरीका घार र मौरीको घाइघुइ आवजले त्यहा पुग्ने जो कोहीको मनलाई आनन्दित तुल्याउँछ ।

विसं २०६१ मा एक घार मौरी पाल्न शुरु गरेका अर्यालका अहिले ८० घार मौरी छन् । मौरी पाल्न चाहनेलाई मौरीका घारसमेत बेच्ने भएकाले मौरीका घारको सङ्ख्यामा घटबढ भइरहने उनले बताए । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका अर्यालले मौरी पाल्न गर्न चाहानेका लागि सल्लाह सुझावसमेत दिँदै आएका छन्  । जिल्लामा करीव १५० किसानले मौरीपालन गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button