लमजुङमा नदीले बगाउँदा बालिका बेपत्ता

पोखरा न्यूज – २० , असार । लमजुङमामस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । नदीले बगाउँदा सुन्दरबजार नगरपालिका–९ बेलघारीकी सात वर्षीया रीतु गुरुङ आज बेपत्ता भएकी हुन् ।

नदी छेउमा खेलिरहेको अवस्थामा बहिनीको चप्पल बगाएको थियो । बगाएको चप्पल लिन जाने क्रममा गुरुङलाई नदीले बगाएको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए  ।

प्रहरीले उनको खोजी गरिरहेको छ । बेपत्ता बालिका दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राविमा कक्षा ३ मा अध्ययनरत थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button