पोखरा पिपलडालीमा नवजात शिशुको शव फेला

पोखरा न्यूज – २१, असार । पोखरा पिपलडलीमा  एक नवजात शिशुको शव फेला परेको छ ।

पिपलडली मार्गस्थित खेतको कुलाको छेउमा शनिबार नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

पेट भन्दा मुनि र दाहिने हात केही मात्रामा जनावरले खाएको जस्तो देखिने अवस्थामा नवजात शिशुको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button