पोखरामा एकैदिन माछा पोखरीका २८ हजार माछा मरे

दीननाथ बराल, पोखरा न्यूज – २१, असार । पोखराका एक माछा व्यवसायीका माछा पोखरीका २८ हजार माछा मरेका छन् ।

पोखरा-२२ स्थित कालिखोलामा रहेको मदन खड्काको गोर्खाली एग्रो फार्ममा रहेका माछा पोखरीका सबैजसो माछा शनिबार  बिहान मरेको खड्काले बताए ।

उनले भने “हिजो राति ठुलो बर्षाद भएको थियो, राति केही समय बिद्धुत  समेत गएको थियो, यो घटना शंकास्पद छ, सायद माछापोखरीमा कसैले कुनै बिषादी नै राखेको पनि हुन सक्छ ।” भलाम खोलाको पानी मिसाइएको उक्त माछा पोखरीका माछा मरेर पानीमा तैरिएको अवस्थामा रहेको खड्काले बताए ।

भलामखोलाको पानी भने सामान्य अवस्थाको रहेको उनले जनाए । उनले ५ वटा माछापोखरीमा करिब एक हप्ता अघि मात्र २८ हजार माहुर जातका माछाको भुरा हालेको बताएका छन्  ।  खड्काले विगत ३ बर्ष देखि बंगुर फार्म समेत संचालन गर्दै आएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले यस्तो घटना पहिलो पटक आफ्नो क्षेत्रमा भएकोले घटनाको बारेमा राम्रोसंग सुझबुझ गरेर मात्र यस बिषयमा वोल्न सकिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button