गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कालो झण्डा

दीननाथ बराल,  पोखरा न्यूज – २१, असार । कास्कीको मादी गाउँपालिका को पाँचौं गाउँ सभाको बजेट तथा सार्वजनिक कार्यक्रममा सहाभागी भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले कालो झण्डा प्रर्दशन गरेका छन् ।

मादीको नीति तथा बजेटमा एक्लौटी एवं आफु खुशी गरेको र केही संसोधनको माग गर्दा पनि कुनै सुनुवाइ नभएको विरोधमा कार्यक्रम बहिस्कार गर्दै मुख्यमन्त्री गुरुङलाई कालो झण्डा देखाएको मादी सार्वजनिक लेखा समिति सभापती सरोज केसीले बताए ।

विरोध कार्यक्रममा प्रहरीसंग सामान्य झडप पनि भएको थियो । झडपमा नेबिसंघका पियु सभापती फिरोज सुबेदी, राजीव भण्डारी, बिपिन नेपाली, सागर रानाभाट सहित केहि प्रहरी सामान्य घाइते भएका छन् । नेपाली काँग्रेसका मादी सभापती देविजंग गुरुङ , मादी सार्वजनिक लेखा समिति सभापती सरोज केसी , नेका माँदी सचिव भानु ढकाल लगायतका नेताले कार्यक्रमको विरोध कोण सभामा बोलेका थिए ।

काँग्रेसले मादी गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा विरोध जनाए पनि कार्यक्रम भने स्थगित नभएको मादी गाउँपालिकाका प्रमुख वेद प्रसाद गुरुङले बताए । उनका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा माँदी गाउँपालिकाको बजेट गत बर्षको भन्दा करिब २० प्रतिशतले बढी रहेको छ । आउदो बर्षको लागि ६१ करोड ३२ लाख ४४ हजार रहेको उनले जनाए । जस मध्ये पुँजीगत तर्फ २१ करोड ४९ लाख अर्थात ४० प्रतिशत र चालु तर्फ ३७ करोड १० लाख ९५ हजार अर्थात ६० प्रतिशत बजेट रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button