तेल उद्योगमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा, २० करोड बढीको क्षति

पोखरा न्यूज – २१, असार । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रालिमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २ः३० बजेदेखि लागेको आगो अपराह्न ४ः३० बजेपछि नियन्त्रणमा आएको हो ।

बारा र पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका बारुणयन्त्रको सहयोगमा अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए  ।

उनले उद्योगमा आगलागी हुनुका कारणबारे अनुसन्धान भइरहेको बताए । आगलागीबाट रु २० करोडभन्दा बढीको धनमाल जलेर नोक्सान भएको उद्योगीले दाबी गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button