तनहुँमा ६० वर्षीया वृद्धाको हत्या आरोपमा भारतीय पक्राउ

पोखरा न्यूज – २१, असार । घिरिङ गाउँपालिका–४ पुर्कोटका एक वृद्धाको हत्या गरेको आरोपमा स्थानीयवासीले आज एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

बाख्रा चराउन वन गएकी ६० वर्षीया कुन्तमाया थापाको हत्या गरेको आरोपमा स्थानीयवासीले भारतीयलाई पक्राउ गरी बुझाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । प्रहरीले उनको परिचय खुलाएको छैन ।

थापा उफ्रेनी डाँडास्थित पुर्कोट हुस्मी सामुदायिक वनमा मृत फेला परेी थिइन् । उनको देब्रे हात, खुट्टा, आँखा र टाउकोमा घाउ छ । प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button