सहारा एकेडेमी पोखराको प्रशिक्षकमा पूर्व खेलाडी गुरुङ

दीननाथ बराल , पोखरा न्यूज – २३, असार ।  पोखराको सहारा क्लबद्धारा संचालित सहारा फुटबल एकेडेमीको प्रक्षिशकमा पूर्व खेलाडी बिष्णु गुरुङ नियुत्त भएका छन्। आगामी एक बर्षको लागि क्लवले उनलाई प्रशिक्षकमा नियुत्त गरेको हो ।

सहारा क्लबबाट खेल्दै थ्रि-स्टार, संकटा हुदै विभिन्न क्लबबाट खेलेका गुरुङ ए.एफ.सी. बी श्रेणीका फुटबल प्रशिक्षकको लाइसेन्स प्राप्त प्रशिक्षक पनि हुन्। क्लबका अध्यक्ष केशव बहादुर थापाले उनलाई एकेडेमीमा खादा लगायर सोमबार स्वागत गरेका थिए ।

क्लबको खेलाडी समय र परिस्थितीले आफु प्रशिक्षक बन्ने मौका पाएकोमा खुसि व्यक्त गर्दैै प्रशिक्षक गुरुङले एकेडेमीका बालकहरुको फुटबल खेलको विकासमा आफुले सक्दो सहयोग गर्ने बताए । यस अघि एकेडेमीकाको प्रशिक्षकमा किरण श्रेष्ठ, प्रलाद हिराचन, राजेन्द्र तामाङ लगायतका रहेका थिए ।

क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २६ जना बालकहरु रहेका छन। “संस्कृतिको जर्गेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं” भन्ने मुल नाराका साथ क्लवले हरेक बर्ष आहा रारा गोल्ड कप गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button