पोखरामा ढुङ्गा प्रहारबाट एक महिलाको मृत्यु

पोखरा न्यूज – २३, असार । पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु भएको छ ।

आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

शवको परीक्षणपश्चात मृत्युको थप कारण जानकारी हुने उनले थपे । उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button